२०८३ असार ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन

राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन


काठमाडौं -राष्ट्रिय ट्रमा सेन्टरले तीन जना फार्मेसी सहायकको भूमिकाबारे गम्भीर प्रश्न उठेपछि निलम्बन गर्दै छानबिन प्रक्रिया अघि बढाएको छ । मंगलबार तीन जना फार्मेसी सहायकलाई निलम्बन गरिएको ट्रमा सेन्टरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुद्र मरासिनीले जानकारी दिए ।

‘उहाँहरूको भूमिकाबारे प्रश्न उठाउँदै उजुरी परेपछि हामीले निलम्बन गरेर छानबिन प्रक्रिया अघि बढाएका छौँ,’ डा. मरासिनीले भने ।

उनका अनुसार घटनाको निष्पक्ष अनुसन्धानका लागि अस्पतालका वरिष्ठ कन्सल्टेन्टको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

समितिलाई घटनासम्बन्धी तथ्य संकलन, सम्बन्धित कर्मचारीहरूको भूमिकाको मूल्याङ्कन तथा आवश्यक सुझावसहित प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा सेवाग्राहीलाई असहजता सिर्जना भएको, सेवा प्रवाहमा अनियमितता देखिएको तथा व्यावसायिक आचरणविपरीत गतिविधि भएको देखिएपछि ट्रमा सेन्टरले तीन जना फार्मेसी सहायकलाई निलम्बन गरी उनीहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

अस्पताल प्रशासनले छानबिन प्रतिवेदनका आधारमा आवश्यक थप कारबाही गरिने जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ