२०८३ भदौ १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

यस्ता छन् क्याबिनेट बैठकमा १० निर्णय


काठमाडौं—सरकारले भोटेकोशीको भिषण बाढीमा परेर घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले स्वास्थ्य मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालमार्फत घाइतेहरुको तत्काल निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको हो ।

‘उक्त घटनामा घाइते भएका व्यक्तिहरुको तत्काल निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरुले मिलाउने,’ क्याबिनेटको निर्णयमा छ ।

शिक्षा तथा खेलकदूमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले गृह र रक्षा मन्त्रालयको समन्वयमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरहरू पूर्ण क्षमतामा परिचालन गरी घाइते तथा विस्थापितहरूको तत्काल उद्धार गर्ने निर्णय गरेको जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ