२०८३ कात्तिक ६, शुक्रवार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने

भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने


भक्तपुर—लोकन्थलीस्थित भक्तपुर मोडल अस्पतालले भोटेकोशी बाढीका घाइतेको निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत भुवन श्रेष्ठले आफूहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीका घाइतेको निःशुल्क उपचार गर्ने जानकारी दिए ।

‘हामीले भोटेकोशीको बाढीका कारण उत्पन्द विपद्मा घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्मा बेला हामी घाइतेको निःशुल्क उपचार गर्छौ ।’

बुधबार विहान तिब्बतिरबाट भोटेकोशीमा आएको भिषण बाढीका कारण ठूलो धनजनको क्षति भएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ