२०८३ कात्तिक २०, शुक्रवार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ एमएन हस्पिटल र टोखा नगरपालिका-४ बीच उपचारमा छुट सम्बन्धि सम्झौता

एमएन हस्पिटल र टोखा नगरपालिका-४ बीच उपचारमा छुट सम्बन्धि सम्झौता


काठमाडौं—बसुन्धरास्थित एमएन हस्पिटल र टोखा नगरपालिका वडा नं. ४ बीच उपचारमा छुट सम्बन्धि सम्झौता भएको छ । हस्पिटल र टोखा नगरपालिका वडा नं. ४ बीच वडावासीको उपचारमा सेवामा छुट दिने सम्बन्धित सम्झौता भएको हो ।

सम्झौताअनुसार एमएन हस्पिटलले टोखा नगरपालिका वडा नं. ४ का जेष्ठ नागरिक, एकल महिला र सम्पूर्ण वडावासीलाई विभिन्न सेवाहरुमा छुट दिनेछ ।

हस्पिटलले वडाका ७० वर्षमाथिका जेष्ठ नागरिक तथा एकल महिलालाई ओपीडी टिकट निःशुल्क, सम्पूर्ण बेडमा चार्जमा २० प्रतिशत, ल्याब परीक्षणमा २० प्रतिशत, शल्यक्रियामा १० प्रतिशत र औषधिमा १० प्रतिशत छुट दिनेछ ।

यस्तै, टोखा नगरपालिका वडा नं. ४ का सम्पूर्ण स्थानीयलाई सम्पूर्ण बेड चार्जमा २० प्रतिशत, परीक्षणमा १५ प्रतिशत, शल्यक्रियामा ७ प्रतिशत, औषधिमा १० प्रतिशचत र ओपीडि टिकट शुल्कमा २० प्रतिशत छुट हुनेछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ