गृहपृष्ठ ∕ प्रदेश २ ∕ सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी घटनामा संलग्न रहेको आरोपमा चार जना पक्राउ हेल्थ आवाज सोमवार, २०८३ मंसिर ७ गते, ११:३३ मा प्रकाशित सांकेतिक तस्विर मलंगवा—सर्लाहीको बरहथवा नगरपालिका–६ स्थित नगर अस्पतालमा उपचारका लागि ल्याइएकी एक गर्भवतीको मृत्यु भएपछि तोडफोड र आगजनी भएको छ । आइतबार राति बरहथवा नगरपालिका–५ की २१ वर्षीया सिमा देवी रामको मृत्युको विषयलाई लिएर अस्पतालमा तोडफोड र इमर्जेन्सी कक्षमा आगजनी भएको हो । बरहथवा नगरपालिका–५ निवासी रुपेश महराकी श्रीमती सिमाको आइतबार राति उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई सुत्केरी गराउनका लागि तीन दिनदेखि अस्पतालमा राखिएको थियो । सिमाको मृत्युपछि आक्रोशित उनका आफन्तले डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दैं अस्पतालमा तोडफोड तथा गर्नुका साथै इमर्जेन्सी कक्षमा आगजनी गरेका थिए । उक्त तोडफोड तथा आगजनीबाट करिब ३० लाख रुपैयाँ बढीको क्षति भएको अस्पतालले जनाएको छ । सर्लाही प्रहरीका प्रवक्ता वेदप्रसाद गौतमले घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको जानकारी दिए । पक्राउ परेकाहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ३ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ४ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ५ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? ६ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ७ प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई TFN ट्रेण्डिङ क्यान्सर र खाना स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ विश्व रेबिज दिवसका अवसरमा सुर्खेतमा प्रभात फेरी जिल्ला अस्पताल सल्यानमा औषधी अभाव आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश क्यान्सर र खाना स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ विश्व रेबिज दिवसका अवसरमा सुर्खेतमा प्रभात फेरी जिल्ला अस्पताल सल्यानमा औषधी अभाव आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश