२०८३ मंसिर १०, बिहिवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिन प्यान र कर चुक्ता अनिवार्य

नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिन प्यान र कर चुक्ता अनिवार्य


काठमाडौं—नेपाल मेडिकल काउन्सिलबाट जारी गरिने विभिन्न प्रकारका दर्ता प्रमाणपत्र लिन स्थायी लेखा नम्बर (प्यान) र करचुक्ता प्रमाणपत्र अनिवार्य हुने भएको छ । बिहीबार काउन्सिलका निमित्त रजिष्ट्रार डा. सम्राट पराजुलीले काउन्सिलबाट जारी गरिने विभिन्न प्रकारका दर्ता प्रमाणपत्र, भेरिफिकेसन तथा गुड स्ट्याण्डिङ प्रमाणपत्रका लागि आवेदन पेश गर्दा प्यान र पछिल्ला आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने बताए ।

१ असोजमा बसेको काउन्सिलको पूर्ण बैठकले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यको बुँदा नं. ३९१ भएको व्यवस्था कार्यान्वयन गर्ने गरी उक्त निर्णय गरेको हो । काउन्सिलबाट जारी गरिने सबै प्रमाणपत्रका लागि प्यान र पछिल्लो वर्षको कर चुक्ता प्रमाणपत्र अनिवार्य गरिएको छ ।

यस्तै, गुड स्ट्याण्डिङ सर्टिफिकेटका लागि हाल कार्यरत रहेको खुल्ने गरी रोजगार सम्बन्धी पत्र पेश गर्नुपर्नेछ भने विदेशमा कार्यरत व्यक्तिको हकमा सम्बन्धित देशको मेडिकल काउन्सिल वा नियमनकारी निकायबाट जारी गरिएको गुड स्ट्याण्डिङ प्रमाणपत्र अनिवार्य गरिएको छ ।

१५ मंसिरबाट काउन्सिलले यो व्यवस्था लागु हुने जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ