गृहपृष्ठ ∕ समाचार ∕ कञ्चनपुरमा स्वास्थ्य चौकीको लापरवाहीले शिशुको मृत्यु भएको आरोप कञ्चनपुरमा स्वास्थ्य चौकीको लापरवाहीले शिशुको मृत्यु भएको आरोप पदमराज भट्ट शुक्रबार, २०७६ मंसीर २० गते, १३:०८ मा प्रकाशित कञ्चनपुरमा स्वास्थ्य चौकीको लापरवाहीका कारण शिशुको मृत्यु भएको आरोप लागेको छ । कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणीमा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीको लापरवाहीका कारण स्थानीय ममता विष्टको नवजात शिशुको मृत्यु भएको आरोप लागेको हो। ममताका ससुरा करण विष्टले भने ‘१८ गते राती एक वजे बुहारीलाई सुत्केरी वेथा लागेको थियो तर हामीले विहान ६ बजे मात्रै स्वास्थ्य चौकी पुगाएका हौँ।’ ‘उक्त दिनभरी ममतालाई स्वस्थ्य चौकीमै राखिएको थियो ।’ करनले भने ‘दोस्रो दिन स्वास्थ्य चौकीले नै वेथा नलागेको भन्दै घर पठाएको हो।’ तर ममताको स्वास्थ्यमा समस्या हुन लागेपछि उनलाई सेती प्रादेशिक अस्पताल धनगढी ल्याईएको थियो । तर कृष्णपुर स्वास्थ्य चौकीका प्रमुख बंशीराज भट्टले स्वास्थ्य चौकीको लापरवाहीका कारण शिशुको मृत्यु भएको आरोप गलत भएको बताए। उनले सुत्केरीका लागि पुगेकी विष्टलाई स्वास्थ्य चौकीमा सम्भव नभएपछि धनगढी रेफर गरिएको बताए । रेफर गर्दा शिशुको अवस्था समान्य नै रहेको दावी गरिएको छ । प्रसुती गराउन ढिलाई भएपछि शिशुले दिशा खाएर मृत्यु भएको अस्पतालले पुष्टि गरेको प्रहरीले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्