२०८२ असार २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोभिड-१९ बाट संक्रमित हुने संख्या कुन देशमा कति ?

कोभिड-१९ बाट संक्रमित हुने संख्या कुन देशमा कति ?


चीनमा (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या बढ्दै गएको देखिन्छ। गत हप्ता मात्रै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चीनको वुहान शहरबाट फैलिएको उक्त घातक भाइरस अन्य देशमा पनि पुग्ने आशंका रहेको भन्दै विश्व स्वास्थ्य संगठनले सबै देशलाई तयार रहन अपिल गरेको थियो।  चीनको वुहान प्रान्त हुँदै ‘कोभिड-१९’ २६ वटा देशमा पुगेको छ। एशिया, युरोप, उत्तरी अमेरिका, अफ्रिका र मध्य पुर्वका देशहरुमा कोरोना भाइरस संक्रमित पाइएको छ।

अष्ट्रेलिया

अष्ट्रेलियामा कोभिड-१९ बाट संक्रमित हुने संख्या १५ पुगेको छ। सरकारको अनुसार, उक्त भाइरसको चपेटामा आउने ३ जनालाई उपचार पछि अस्पतालले डिस्चार्ज गरेको छ ,संक्रमित व्यक्तिहरु चीनको वुहानबाट अष्ट्रेलिया पुगेका थिए।

बेल्जियम, कम्बोडिया र क्यानडा

बेल्जियम र कम्बोडियामा कोरोना भाइरसको १-१ जनामा संक्रमण देखिएको छ। बेल्जियमले यस अघि ४ फ्रेवरीमा ९ जनामा कोरोना भाइरसको लक्षण पाइएको जनाएको थियो। तर परिक्षणमा भने एक जनालाई मात्रै संक्रमण देखिएको पुष्टि भएको छ। यस्तै, कम्बोडियामा पनि एक कोभिड-१९ संक्रमित पाइएको छ। क्यानडामा भने ९ जनामा कोभिड-१९ संक्रमण देखिएको छ ।

चीन

विश्वभरमा फैलिएको उक्त भाइरसले सबैभन्दा बढी चीनको हुवेई प्रान्तमा विनाश ल्यायो। पछिल्लो तथ्यांकसम्ममा भाइरसले १८ सय ६८ को ज्यान लिसकेको छ भने करिब ७२ हजार व्यक्ति संक्रमित छन्। यी मध्य प्राय वुहान क्षेत्रका रहेका छन्।

इजिप्ट र फिनल्यान्ड

इजिप्ट स्वास्थ्य मन्त्रालयको अनुसार, कोरोना भाइरसको पहिलो पुष्टि इजिप्टमा नै भएको थियो। इजिप्टमा यसै पछिल्लो महिना फेब्रुअरीमा मात्रै कोरोना भाइरसको पहिलो केश देखा परेको थियो । यसैगरि अफ्रिकाको सन्दर्भमा पनि यो पहिलो केशको रुपमा देखा परेको थियो । बाहिरी पर्यटकको माध्यमबाट भित्रिएको कोरोना भाइरस यसअघि भने अफ्रिकामा देखा परेको थिएन । फिनल्यान्डमा वुहानस्थित बसोबास गर्ने एक चिनिँया महिला नागरिकमा यसको संक्रमण देखा परेको थियो ।

फ्रान्स

फ्रान्समा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ पुगेको छ । यसै कोरोना संक्रमणकै कारण ८० वर्षिय एक चिनिँया नागरिकको मृत्यु समेत भएको छ । एसिया राष्ट्र बाहिर युरोपस्थित कोभिड–१९ द्धारा व्यक्तिको मृत्यु भएको यो पहिलो घटना हो । यहाँ संक्रमित भएका व्यक्तिमध्ये पाँच जना भने ब्रिटिश नागरिक रहेका छन् ।

इटली, जापान र मलेशिया

इटलीमा कोरोना भाइरसबाट ३, जापानमा ३ सय ५५ र मलेशियामा २२ जना संक्रमित छन्।

जर्मनी, भारत र नेपाल

जर्मनीस्थित कोरोना भाइरस संक्रमित हुनेको संख्या १६ रहेको स्रोतले जनाएको छ । जब कि भारतमा यस भाइरसबाट संक्रमित हुनेको संख्या ३ जना रहेको छ । भारतका सो बिरामी चिनबाट फर्किएका भारतीय विद्यार्थी थिए ।

यसैगरी नेपालको सन्दर्भमा भन्नुपर्दा, नेपालमा यसअघि १ जना व्यक्तिमा यसको संक्रमण देखा परेको थियो । तर, उचित औषधी उपचारका कारण उक्त हाल व्यक्ति स्वस्थ्य भई सामान्य जीवन अवस्थामा फर्किसकेका छन् ।

-एजेन्सी

 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ