२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठवैकल्पिक चिकित्साजमानेमान्द्रो वनस्पति एक, परिचय अनेक

जमानेमान्द्रो वनस्पति एक, परिचय अनेक


नेपालको काठमाडौं उपत्यकाको सेरोफेरोमा पाइने एक महत्वपूर्ण वनस्पति हो—जमानेमान्द्रो । यो वनस्पति काठमाडौं उपत्यकाबासीहरुको लागि अति नै महत्वपूर्ण वनस्पति हो । यो वनस्पतिको खोज हेमिल्टोनले सर्वप्रथम काठमाडौं उपत्यकामा गरेका हुन् ।

हेमिल्टोनद्वारा सन् १८५६ मा प्रकाशित पुस्तक ‘फ्रम दी किङडोम अफ नेपाल’ पृष्ठ ८५ मा यो वनस्पतिको उल्लेख ‘जुम्ने–मान्द्रो’ नामबाट गरिएको छ । हेमिल्टोनको अध्ययन पश्चात् जमानेमान्द्रो नेपालको काठमाडौं उपत्यकामा रहेको जानकारी सर्वप्रथम विश्वसामु यो पुस्तकबाट भयो ।

यो वनस्पतिको थप खोज तथा अनुसन्धान ‘अगटिन डे क्याण्डोले’ ले सन् १८२१ मा हेमिल्टोनको जमानेमान्द्रो वनस्पति संकलित हर्बेरीयÞमबाट गरे । त्यÞसपश्चात् जमानेमान्द्रोको आधिकारिक अध्ययन हुन झण्डै १०० वर्षझै लाग्यो । यो वनस्पतिको थप अध्ययन ‘टाकाडो’ नाम गरेको वैज्ञानिकले सन् १९१७ मा विशेष अध्ययन गरी अन्य प्रजातिको वनस्पति र जमानेमान्द्रोमा अन्तर उल्लेख गर्न सके ।

नेपालमा उपलब्ध हुने महत्वपूर्ण वनस्पति तर नेपाली वैज्ञानिकहरुका लागि अनविज्ञझै रहेको वनस्पति हो जमानेमान्द्रो सन् १९१७ सम्ममा विदेशी वैज्ञानिकहरुको लागि मात्रै राम्ररी परिचित वनस्पति थियो । हाल नेपाली वैज्ञानिकहरुको लगि पनि एक कौतुहलयुक्त वनस्पति बन्न पुगेको छ ।

यसै क्रममा म र मेरो अध्ययन टोलीले यो वनस्पतिको थप खोजी गर्न सफल भएका छौं । हाम्रो टोलीले ‘बेर्बेरी’मा तथा महोनिया (जमानेमान्द्रो) सर्वेक्षण अध्ययन गरी काठमाडौं उपत्यकाको सेरोफेरोमा यो वनस्पतिहरुको अधिष्ठान, वनस्पतिको वैकल्पिक चिकित्साको रूपमा प्रयोग, प्रयोग विधि आदिसँग संबन्धित तथ्यांक संकलन गर्न सफल भएको छ ।

बेर्बेरी तथा महोनिया (जमानेमान्द्रो) उक्त सर्वेक्षण अध्ययनअनुसार काठमाडौं उपत्यकाको चाल्नाखेल, दक्षिणकाली नगरपालिकाअन्तर्गत वोसन जंगल, ललितपुर जिल्लाको गोदावरी नगरपालिकाअन्तर्गत फुलचोकी जंगलमा जमानेमान्द्रोको पहिचान गरिएको थियो । त्यस्तै, भक्तपुर जिल्लाको साँगा तथा भक्तपुरसँग जोडिएको काभ्रे जिल्लामा ‘बेर्बेरिस एसियाटिका’को पहिचान तथा नमुना संकलन गरिएको थियो । शिवपुरी–नागार्जुन नेसनल् पार्कमा ‘बेर्बेरिस एरिस्टेटा’को पहिचान तथा नमुना संकलन गरिएको थियो ।

यी सम्पूर्ण तथ्य–तथ्यांकहरुको विस्तृत प्रकाशन राष्ट्रिय आयुर्वेद संस्थानद्वारा प्रकाशित अन्तर्राष्ट्रियस्तरको जर्नल ‘जर्नल अफ आयुर्वेद’मा प्रकाशित हुने भएको छ । बेर्बेरीमा प्रस्तुत सर्वेक्षण अध्ययन विभिन्न विधाको अध्येताहरु तथा वनस्पतिशास्त्री, आयुर्वेद विज्ञ, भेषज विज्ञ, परम्परागत आयुर्वेद व्यवसायीको साथ गरिएको छ ।

सो अध्ययन को संक्षिप्तमा उल्लेख यसरी गरिएको छ,

र्बेरिस नापौलेन्सिस (पर्यायः महोनिया नेपालेन्सिस–नेपाली नामः जमानेमान्द्रो) बेर्बेरिडेसी कुल (दारुहरिद्रा कुल) को वनस्पति हो । नेपालको काठमाडौं उपत्यकामा यो गुल्म प्रजाति वनस्पतिको प्रयोग वैकल्पिक चिकित्सा पद्धतिअन्तर्गत प्रयोग गर्दै आएको छ ।

यो वनस्पति शीतोष्ण हिमालय क्षेत्रमा ४०००–८००० फिटको उचाइमा गढवाल, भारत देखि भुटानसम्म पाइन्छ । जमानेमान्द्रो सिधा काण्ड भएको लचिलो शाखायुक्त गुल्म प्रजातिको वनस्पति हो । पत्र संयुक्त पिर्च्धकीय पत्रक युक्त हुन्छ । बेर्बेरीमा प्रस्तुत सर्वेक्षण अध्ययन विभिन्न विधाको अध्येताहरु यथा वनस्पतिशास्त्री, आयुर्वेद विज्ञ, भेषज विज्ञ, परम्परागत आयुर्वेद व्यवसायीको साथ गरिएको छ ।

विज्ञहरुको साथ भ्रमण काठमाडौं उपत्यकामा अवस्थित घना जंगलहरुमा गरिएको हो । सांग्रहिक वनस्पतिहरुको तुलनात्मक अध्ययन रािष्ट्रय हर्वेरियम तथा वनस्पति प्रयोगशाला एवं टी.यु.सी.एच. काठमाडौं, नेपाल तथा सि.एस.आई.आर, एन.आई.एस.सी.पी.आ.नई दिल्ली, भारतमा गरेको हो । सर्वेक्षण अध्ययनको परिणाममा सर्वेक्षण अध्ययनमा काठमाडौं उपत्यकाको पहाडी क्षेत्रहरुमा बेर्बेरिस तथा महोनिया वनस्पतिहरुको पहिचान, संग्रहण एवं अभिलेखन गरिएको छ ।

बेर्बेरिडेसी कुलको वनस्पतिहरु नेपाल तथा भारतको पहाडी एवं हिमालय क्षेत्रमा मूल्यवान वनस्पतिहरुको रूपमा लिने गरिन्छ । महोनियाको काण्ड छालको प्रयोग सामान्यतयाः कामला तथा यकृत विकार, नेत्र विकार, न्युरोलोजिकल डिसअर्डर र मेटाबोलिज्म डिसअर्डरमा प्रयुक्त गरिन्छ ।

प्रस्तुत सर्वेक्षण अध्ययन निष्कर्षमा बेर्बेरिडेसी कुलअन्तर्गतको वनस्पतिहरुमा जातीय विविधता पाइन्छ । आयुर्वेदमा बेर्बेरिस एरिस्टेटा, दारुहरिद्राको वानस्पतिक नाम हो तर विभिन्न स्थलहरुको अध्ययनबाट यो पाइयो की कुनै पनि बेर्बेरी वनस्पतिहरुलाई दारुहरिद्रा, नेपाली नाम चुत्रोको रुपमा प्रयोगमा ल्याइएको पाइयो । सामान्यतयाः बेर्बेरिस एरिस्टेटाको प्रतिनिधि द्रव्य बेर्बेरिस एसियाटिका (दारुहरिद्रा भेद) हो ।

बेर्बेरिस एसियाटिकाको अभावमा महोनिया नेपालेन्सिस (जमानेमान्द्रो)को प्रयोग काठमाडौं उपत्यकामा गरिएको यो अध्ययनको अनुसार पाइयो । जमानेमान्द्रोको मुसामा प्रायोगिक अध्ययन भएको छ । सो अध्ययनअनुसार, कलेजोको विकारहरुमा वनस्पति औषधीय प्रयोगको रुपमा राम्रो नतिजा प्राप्त भएको छ । मुसा माथि गरिएको अध्ययनअनुसार मानसिक विकार, मेटाबोलिज्म डिसअर्डरहरुमा यो वनस्पति औषधीय प्रयोगको रुपमा लाभकारी रहेको देखिन्छ ।

वैकल्पिक चिकित्सा पद्धतिकोअन्तर्गत यो वनस्पतिको प्रयोग नेत्र विकारमा, जण्डीस, मलेरिया, पेटको विकारहरुमा लाभकारी रहेको तथ्य प्राप्त भएको छ भने सर्वेक्षण अध्ययनअनुसार पनि यो वनस्पतिको प्रयोग कलेजो जन्यविकारहरु, नेत्ररोगको लागि औषधीय रूपमा प्रयोग गरेको पाइन्छ ।


क्याटेगोरी : वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ