२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटअसृक डायग्नोस्टिकसँग ललितपुरका २ वटा सामाजिक संस्थाले गरे सेवाको लागि सम्झौता

असृक डायग्नोस्टिकसँग ललितपुरका २ वटा सामाजिक संस्थाले गरे सेवाको लागि सम्झौता


काठमाडौँ – ललितपुरको एकान्तकुनास्थित असृक डायग्नोस्टिक प्याथालोजी ल्याबसँग सेवाका लागि २ वटा सामाजिक संस्थाले सम्झौता गरेका छन्। मंगलबार असृक ल्याबसँग जावलाखेल वातावरण संरक्षण तथा सुधार समिति, ललितपुर र हार्ट टू हार्ट नेपालले ल्याब सेवाको लागि सम्झौता गरेका हुन्।

जावलाखेल वातावरण संरक्षण तथा सुधार समितिका तर्फबाट अध्यक्ष रक्षबहादुर केसी र हार्ट टू हार्ट नेपालका अध्यक्ष विपिन राईले ल्याब सेवाको लागि सम्झौता गरेका हुन्।

‘प्राइभेटमा टेस्ट सरकारी जस्तो रेट’ नारा रहेको उक्त ल्याबले सस्तो मुल्यमा सेवा प्रधान गरिरहेको र विज्ञ डाक्टरहरुबाट नै सन्चालन भैरहेको समाचार यस हेल्थआवाजबाट पनि प्रकाशित गरेको थियो। सेवाको भावना साथ सस्तो मुल्य राखी खोलिएको हुँदा सामाजिक संस्थाहरुलाई उक्त ल्याबसँग सेवाको लागि सम्झौता गर्न प्रवन्ध निर्देशक डा. शंकर काफ्लेले आह्वान गरेका छन् ।

‘यसरी सामाजिक सस्थासँग आबद्ध व्यक्तिहरुको लागि सेवा गर्न पाउदा हामी खुशी छौ । अन्य ल्याबमा पनि छुट दिइरहेको प्रसंग उठाउनु भएको थियो । यति छुटभन्दा ठुलो कुरा कति मुल्यमा छुट हो बुझ्न अनुरोध गरे । हामीले त हाम्रो वेबसाईटमा पुरै मुल्य सुची खुलाएका छौ,’ डा. काफ्लेले भने ।

स्कुल, धर्मशाला, क्लब, टोल सुधार समितिलगायत सबै सामाजिक संस्थालाई सेवा सम्झौता गरी सस्तो मुल्यमा पनि अझ छुट लिन असृक डायग्नोस्टिकले सबैमा अनुरोध गरेको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ