२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशविदेशबाट आएका बाबुको नेगेटिभ, शिशुमा स¥यो संक्रमण

विदेशबाट आएका बाबुको नेगेटिभ, शिशुमा स¥यो संक्रमण


पोखरा–मादी गाउँपालिका वडा नं. ९ मा शनिबार २ संक्रमित फेला परे । तीमध्ये एक १९ महिने बालिका छिन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अर्का संक्रमित ४१ वर्षीय पुरुष छन् ।

ती बालिकाको कुनै ट्राभल हिस्ट्री छैन । उनका बुबा २२ दिनअघि भारतबाट फर्किएका थिए । उनका बाबुको रिपोर्ट भने नेगेटिभ आएको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ श्यामले जानकारी दिए ।

शिशुका बुवा गाउँ आएपछि सिधै क्वारेन्टाइनमा बसेका थिए । अध्यक्ष श्यामका अनुसार एक पटक बालिकालाई खानेकुरा दिन ती पुरुष गएको थाहा पाएपछि परिवारकै कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा शिशुबाहेक उनको परीवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

गाउँपालिकाका विभिन्न वडामा रहेका क्वारेन्टाइनमा अहिले १९ जना छन् । ११ जना परीक्षण नतिजा नेगेटिभ आएपछि घर फर्केका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ