२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशडाक्टरसहित ११ जनामा संक्रमण पुष्टि भएपछि बन्दीपुर गाउँपालिका सिल

डाक्टरसहित ११ जनामा संक्रमण पुष्टि भएपछि बन्दीपुर गाउँपालिका सिल


तनहुँ-डाक्टरसहित एकै दिन ११ जनामा कोभिड-१९ पुष्टि भएपछि तनहुँको बन्दीपुर गाउँपालिका, त्यहाँको अस्पताल र प्रहरी चौकी सिल गरिएको छ । सोमबार क्वारेन्टाइनमा रहेका, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत ३४ जनाको स्वाबको नतिजा सार्वजनिक भएको थियो।

तीमध्ये डाक्टरसहित २ स्वास्थ्यकर्मी, १ सुरक्षाकर्मी  र क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना पुष्टि भएको थियो । गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले विशेष परिस्थितिका कारण पालिका सिल गरिएको जानकारी दिए । उनले अस्पतालका र प्रहरी चौकीका सबैको स्वाब जाँच गर्नुपर्ने अवस्था आएको उल्लेख गरे । उनले नगरपालिका र प्रहरी कार्यालय बन्द भएपनि अत्यावश्यक सेवा भने नरोकिने प्रतिवद्धता गरे ।

बुधबार पालिकको बजेटलाई औपचारिकता दिएर सार्वजनिक गरिने उनको भनाइ छ । गाउँपालिकाको आपतकालीन बैठकले अस्पताल, गाउँपालिका र सरकारी कार्यालय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्थाहरु २ हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

अध्यक्ष थापाले समुदाय स्तरमा कोरोना फैलिन नदिन निर्णय सबै पालिका बासिन्दाले पूर्ण रुपमा पालना गर्ने अपेक्षा गरे । उनले हिड्डुलमा भने प्रतिबन्ध नलगाइएको उल्लेख गर्दै भौतिक दूरी कायम गरी सुरक्षित हुनसमेत अनुरोध गरेका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ