२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेश५० शैय्याको सरुवा रोग अस्पताल बनाउँदै पोखरा महानगर

५० शैय्याको सरुवा रोग अस्पताल बनाउँदै पोखरा महानगर


पोखरा –  पोखरा महानगरले कोरोना कहरलाई मध्यनजर गरी सरुवा रोग अस्पताल बनाउने भएको छ । सरुवा रोग अस्पताल निर्माण गर्न सम्भाव्यता अध्ययन तथा सञ्चालनका लागि यो आवमा बजेट व्यवस्था गरिएको बुधबार प्रस्तुत बजेटमा उल्लेख छ ।

महानगरले यहाँ सञ्चालित अस्पताल, फार्मेसी लगायत निजीस्तरमा सञ्चालित स्वास्थ्य संस्थाको नियमित अनुगमन गर्ने भएको छ । ३ तहका सरकार बनेपछि स्थानीय सरकारलाई अनुगमनको अधिकार भए पनि पोखरा महानगरले यसमा ध्यान दिएको छैन ।

बजार अनुगमनमा ध्यान नदिनु र अनुगमन गर्न नचाहनुले जनप्रतिनिधि जिम्मेवार नभएको र चुनाव केन्द्रित भएको बुझिने उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइराला बताउँछन् ।

महानगरको सातौं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले बुधबार ६ अर्व १९ करोड ७१ लाख ७८ हजारको बजेट पेश गरेकी छिन् । बजेट र यससँग सम्बन्धित विधेयकहरु माथि शनिबार ११ बजेबाट नगरसभामा छलफल सुरु हुने महानगर प्रमुख मानबहादुर जिसीले जानकारी दिए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ