२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशकोभिड–१९ को संक्रमणबाट एकै परिवारका ३ जनाको मृत्यु

कोभिड–१९ को संक्रमणबाट एकै परिवारका ३ जनाको मृत्यु


पोखरा–कोभिड–१९ को संक्रमणबाट बागलुङको बडीगाड गाउँपालिका–४ मा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेएका घरका बाबुछोरा भएको बडिगाड–४ का अध्यक्ष प्रेम गलामीले बताए ।

उनका अनुसार मृत्यु भएका ८७ वर्षीय बाबु र २ छोरा ५१ र ४० वर्षका छन् । गलामीले वडामा ३० जनाको पिसिआर जाँच गरिएकोमा २५ जनाको पोजेटिभ आएको उनले बताए ।

उनले भने, ‘५० भन्दा बढी घरपरिवारमा लक्षण देखिएपछि अहिले कोही पनि बाहिर निस्कन सक्ने अवस्था छैन ।’ वडाध्यक्ष गलामीको परिवारमा समेत कोरोनाको लक्षण देखिएको उनले बताए । उनी होम आइसोलेसनमा छन् ।

वडा नम्बर ४ बाहेक गाउँपालिकाका अन्य वडाका ५० स्याम्पल शुक्रबार पिसिआर जाँचका लागि पठाएको र रिपोर्ट आएपछि कसरी अघि बढ्ने भन्ने योजना बनाउन सहज हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणि कँडेलले बताए । गाउँपालिकाभरिमा ४७ जना संक्रमित भएकोमा कोरोनाकै कारण ५ जनाले ज्यान गुमाएको उनले बताए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ