२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशहिमालय आँखा अस्पताल पोखराको निर्देशकमा डा. इलिया श्रेष्ठ नियुक्त

हिमालय आँखा अस्पताल पोखराको निर्देशकमा डा. इलिया श्रेष्ठ नियुक्त


पोखरा—नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल पोखराको मेडिकल निर्देशकमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. इलिया श्रेष्ठ नियुक्त भएकी छन् । डा. श्रेष्ठ वर्षदेखि हिमाल आँखा अस्पतालमा कार्यरत छन् ।

नेत्रज्योति संघ केन्द्रले १ साउनबाट लागु हुने गरी मेडिकल निर्देशकमा नियुक्त गरेको नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल कार्यसमिति सभापति कृष्ण गुरुङले जानकारी दिए । सभापति गुरुङका अनुसार निर्देशक नियुक्त हुन निश्चित प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

नेत्रज्योति संघ केन्द्रबाट नै नियुक्त हुने प्रावधान रहेको उनले बताए । उनले भने, ‘एउटा सेलेक्सन कमिटी हुन्छ, एक्सपर्ट राखेर बस्छ । उम्मेदवारले कार्ययोजना पेस गर्नुपर्ने हुन्छ । कार्ययोजनाअनुसार काम गर्छ कि गर्दैन भन्ने हेर्नका लागि परीक्षण काल तोक्छ । त्यसपछि पूर्णकालका लागि नियुक्ति हुन्छ ।’

निर्देशक नियुक्तिका लागि उम्मेदवारबाट ५ वर्षे कार्ययोजना मागिएको भएपनि काम हेरेर संघले लामो समय निरन्तरता दिन सक्ने बताइएको छ ।

डा. श्रेष्ठले नेत्रज्योति संघको आवेदन (सेलेक्सन कमिटी) अनुसार ५ वर्षे कार्ययोजना प्रस्तुत गरेको जानकारी दिइन् ।उनले मुख्य गरी कम्युनिटी आँखा स्वास्थ्य प्रोग्राम राम्रो गर्नेमा जोड दिएको सुनाइन् । उनका अनुसार हस्पिटलका सेवा थप प्रभावकारी बनाउने, गाउँ–गाउँको कोर कमिटी आदिमा कसरी सेवा गर्नेलगायत प्राथमिकतामा छन् ।

उनी हिमालय आँखा अस्पतालमा १५ वर्षदेखि सेवारत छन् । उनले सेवा सुरु गरेको हिमालय आँखा अस्पतालमा नै १२ हजार आँखाको शल्यक्रिया गरिसकेकी छन् । नेत्रज्योति संघले अस्पतालका निमित्त निर्देशक डा.श्रेष्ठलाई नै निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।


क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #डा. इलिया श्रेष्ठ, #नेत्रज्योति संघ, #मेडिकल निर्देशक, #हिमालय आँखा अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ