२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल वैशाख ११ गते मंगलबार बिदा भए पनि खुल्ने

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल वैशाख ११ गते मंगलबार बिदा भए पनि खुल्ने


पोखरा -पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल वैशाख ११ गते मंगलबार सार्वजनिक बिदा भए पनि खुल्ने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै अस्पताल खुल्ने जानकारी दिएको हो ।

अस्पतालद्वारा जारी सूचनामा भनिएको छ,‘आकस्मिक रुपमा घोषणा गरिएको सार्वजनिक बिदाका कारण सेवाग्राहीलाई पर्न जाने असुविधालाई मध्यनजर राख्दै यस अस्पतालका सम्पूर्ण सेवाहरु पूर्ववत सुचारु रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रदेशस्तरीय अस्पताल भएकाले बिरामीको चाप बढी हुने गरेको छ । अस्पतालमा शल्यक्रिया, एमआरआइ, डेन्टल सेवाका लागि लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था छ ।

आकस्मिक बिदाले थप प्रतीक्षारत बिरामीको तालिका प्रभावित हुने भएकाले अस्पताल खोल्ने निर्णय गरिएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालको मेडिकल ओपिडीमा बिरामीको चाप बढी भए पनि विशेषज्ञ डाक्टर भेट्न मुस्किल हुने गरको बताइन्छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ