२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यवर्षायाममा यसरी गर्नुहोस् कपालको स्याहार

वर्षायाममा यसरी गर्नुहोस् कपालको स्याहार


बदलिदो मौसमसँगै हाम्रो कपाललाई पनि स्याहार गर्नु अति नै आवश्यक हुन्छ । हामीले गर्ने थोरै हेल्चेक्र्याइले पनि कपाललाई अस्वस्थ बनाउन सक्छ । अझ, वर्षायाममामा त हामीले कपालको विशेष ध्यान दिनुपर्ने हुन्छ ।

यी हुन् वर्षायाममा कपालको स्याहार गर्ने घरेलु विधि :

१. २ चम्चा चियापति १ गीलास पानीमा मिसाएर पकाउने अनि छानेर राख्ने । अब त्यसमा एलेभेरा जेल मिसाएर हामी कन्डिसनरको साटो  प्रयोग गर्ने सक्छौं । यो विधि अपनाउनाले कपाल चमकिलो हुने गर्दछ।

२. यदि हाम्रो कपाल झरेर पातलो भएको छ भने वा बढ्न पनि गाह्रो भएको छ भने चियापति हालेर पकाएको पानीमा अमलाको धूलो मिसाएर कपालमा प्याक रुपमा प्रयोग गर्नाले कपाल छिटो बढ्नुको साथै कपाल झर्ने समस्याबाट मुक्त भइ बाक्लो हुन्छ ।

. हाम्रो कपाल सेतो हुन थालेको छ भने कागती र प्याजको रस मिसाएर हाम्रो जरामा लगाएर हल्का मसाज गर्न र १५ देखि २० मिनेटसम्म राखेर स्याम्पु गर्नाले सेतो कपालबाट छुटकारा  पाइन्छ ।

४. यदि हाम्रो कपालमा गार्मी महिनामा पसिना आउने र गन्हाउने समस्याको कारण कपालमा निकै रुखो ड्राई हुने गर्दछभने स्याम्पुमा चिनी मिसाएर लगाउने। यो विधि अपनाउनाले कपालको ग्रन्थी बढ्छ र कपाल हेल्दी र मोटो हुने गर्दछ ।

हामीले हाम्रो कपालमा दही पनि बेला-बेलामा लगाउने गर्नु पर्दछ । दहीले हाम्रो कपालमा धेरै किसिमको फाइदाहरु दिने गर्दछ । जस्तै,
कपाल झर्न कम गर्ने, चाँयाको समस्याबाट छुटकारा मिल्नु,  सुख्खापन हुन नदिनु, कपाल बढाउने  र  कपाल मुलायम चमकदार बनाँउदछ ।

५. दैनिक हामीले हाम्रो कपाललाई मसाज गर्न ।  जस्तै : काइयोले कपाल कोरेर वा हातले हल्का चलाएर ।

६. हप्तामा एकचोटी नरिवलको तेललाई तताएर त्यसमा प्याजको रस मिसाएर लगाउन सकिन्छ ।

७. चामल पखालेको पानीले हेयर स्प्रे  गर्न र जरामा लगाउने।

८. इलेक्ट्रोनिक सामानद्धारा गरिने हेयरस्टाइल र रसायनिक पर्दाथबाट गरिने हेयरस्टाइलहरु कम मात्रा प्रयोग गर्न ।

. स्वास्थ्य कपालको लागि बदाम तथा आलस खाने गर्नु पर्दछ ।

यी विधिहरु प्रयोग गर्नाले कपाल स्वस्थ हुनुको साथै बलियो तथा बढ्ने गर्दछ । नरिवलको तेलमा करिपत्तालाई राख्ने र ५ देखि ७ मिनेटसम्म पकाउने यो गर्नले करिपत्ताको पोषणतत्व तेलमा घुलिन्छ । अब यो तेललाई औलाको सहायताले कपालको जराजरामा लगाउने र हल्का हल्का मसाज गर्न ताकी तेल अब्जर्भ  होस् । त्यसपछि एक घण्टासम्मा त्यतिकै राख्ने र स्याम्पु गर्न ।


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य
ट्याग : #कपालको स्याहार


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ