२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारप्याथोलोजी समूहका लागि ऐतिहासिक उपलब्धि

प्याथोलोजी समूहका लागि ऐतिहासिक उपलब्धि



श्रवणकुमार मिश्र

नेपाल स्वास्थ्य ब्यवसायी परिषद्ले कार्यको प्रकृतिअनुसार कोर्सको नामाकरण गरेपछि प्याथोलोजी समूहका स्वास्थ्यकर्मीहरुको लागि ऐतिहासिक क्षण भएको छ । पहिचानविहीन जस्तै प्याथोलोजिष्टहरु अब पदीय मर्यादा र पहिचान कायम भएको छ । अब उक्त क्षेत्रमा कार्यरत जनशक्तिमा खुशीको लहर छाएको छ । नेपाल स्वास्थ्य ब्यवसायी परिषद्ले ऐनमा उल्लेखित प्याथोलोजी विषय समूह अन्तर्गत रहेका विषयमा अध्ययन गराइने बिषयको बीएमएलटी/बीएस्सीएमएलटी (BMLT/BScMLT) कोर्सको नाम संसोधन गरी (दोस्रो संसोधन २०७६÷सन् २०१९) ‘ब्याचलर इन क्लिनिकल प्याथोलोजी’ नामकरण गरेको छ ।

यसअन्तर्गत अध्यायापन हुने चार वटा विषयहरु जस्तै हिस्टोसाइटोप्याथोलोजी, हेमाटोलोजी, बायोकेमेष्ट्री र माइक्रोबायोलोजी बिषयहरुमा स्नातक गरेको जनरलिस्ट अर्थात् ‘प्याथोलोजी अधिकृत’ (Pathology Officer) ले काम अनुसारको नाम पाउने भएका हुन् ।

अब मेडिकल टेक्नोलोजिस्ट जसको अर्थ अनेक लाग्छ र यसले टेक्नोलोजीको विज्ञ जुन उपकरण, प्रविधि तथा उपकरण चलाउने विज्ञ वा धेरै अर्थ लाग्ने शब्दले गर्दा कार्यको प्रकृतिअनुसारको नामकरण नभएको कारणले बीएमएलटी/बीएस्सीएमएलटी (BMLT/BScMLT) अध्ययन गरेका स्वास्थ्यकर्मीहरु जनमानसमा पहिचानको समस्या खेपिरहेका थिए ।

नामकरण नेपाल स्वास्थ्य ब्यबसायी परिषदले परिषद्को ऐन, २०५३ मा उल्लेखित ‘प्याथोलोजी समूह’लाई टेकेर विषयको नामाकरण गरेको छ । प्याथोलोजी बिषयमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरुको कार्यअनुसार नाम र पहिचान पाएको ‘ऐतिहासिक निर्णय’ भएकोमा नेपाल स्वास्थ्य ब्यवसायी परिषद् धन्यवादको पात्र भएको छ । यो न्यूनतम मापदण्ड संसोधन गर्ने विज्ञहरुको टोली, परिषद्का पदाधिकारीहरुले ऐनको मर्मअनुसार नामकरण गरेका छन् । यसले यस पेशामा कार्यरत जनशक्तिहरुको मनोबल बढेको छ ।

अध्यापन गराइने कोर्सको नाम ‘ब्याचलर इन क्लिनिकल प्याथोलोजी’ बीएमएलटी/बीएस्सीएमएलटी (BMLT/BScMLT) भएसँगै सम्पूर्ण बीएमएलटी/बिएस्सीएमएलटी गरेका स्वास्थ्यकर्मीले अब कार्यको प्राकृतिक रोगको पहिचान (diagnosis/cause of diseases/pathology) अनुसार प्याथोलोजी विषयमा स्नातक अध्ययन गर्न पाउनेछन् । कार्यको प्रकृतिअनुसारको नाम प्याथोलोजी अधिकृतहरुको (Pathology Officer) नामाकरणले स्वास्थ्यकर्मीको बारेमा हाल विद्यमान रहेको अस्पष्टतालाई हटाउनेछ ।

अब संशोधनलाई अंगीकार गरी सबै विश्वविद्यालयले BMLT/BScMLT कोर्सको नाम परिवर्तन गरी ‘ब्याचलर इन क्लिनिकल प्याथोलोजी’ बनाउनु पर्दछ । साथै विगतमा BMLT/BScMLT अध्ययन गरेका स्वास्थ्यकर्मीहरुले पनि अब कार्यको प्रकृति अनुसारको पदीय नाम प्याथोलोजी अधिकृत (Pathology Officer) प्रयोग गर्न पाइने भएका छन् ।

(लेखक नेपाल स्वास्थ्य ब्यवसायी परिषद्का पूर्व अध्यक्ष हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ