२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाBREAKING: दरखास्त परेकालाई ‘अयोग्य’ भन्दैं चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि पुनः दरखास्त आव्हान

BREAKING: दरखास्त परेकालाई ‘अयोग्य’ भन्दैं चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि पुनः दरखास्त आव्हान


काठमाडौं-चिकित्सा शिक्षा सुधारका लागि महत्वपूर्ण ठानिएको चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि पुनः दरखास्त आव्हान गरिएको छ । स्रोतकाअनुसार चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको नाम सिफारिस गर्न गठित सिफारिस समितिले उमेर हद ६५ वर्ष राखेर पुनः दरखास्त आव्हान गरेको हो ।

यसअघि सिफारिस समितिले असार ९ गते पहिलो पटक आयोगको उपाध्यक्षका लागि दरखास्त आव्हान गरेको थियो । जसमा उपाध्यक्षमा दरखास्त आव्हान गर्नका लागि ६१ वर्ष ननाघेको हुनुपर्ने सीमा निर्धारण गरिएको थियो । तर, पुनः आव्हान गरिएको दरखास्तमा ४५ वर्ष पूरा भै ६५ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड बनाइएको स्रोतले हेल्थआवाज डटकमलाई जानकारी दिएको छ ।

साथै, नयाँ दरखास्त आव्हान गरेसँगै पूरानो दरखास्त रद्ध गरिएको छ । उपाध्यक्ष सिफारिस समितिले विभिन्न शर्त तथा मापदण्डहरुका आधारमा साउन १५ गतेसम्म दरखास्त पेश गर्न आव्हान गरेको छ । साथै दरखास्त पेश गर्ने उम्मेदवारले बढीमा ३ हजार शब्दको सोचपत्र र बढीमा ३ हजार शब्दको ४ वर्षे ब्यवसायिक कार्ययोजना पेश गर्नुपर्नेछ ।

यसअघि चिकित्सा शिक्षा सुधारको माग गर्दै आन्दोलनरत डा. गोविन्द केसीले पनि उपाध्यक्ष छनोटको प्रक्रिया सच्चाउन माग गर्दै नसच्चाए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए । आयोगको उपाध्यक्ष कार्यकारी प्रमुख हुने भएकाले पनि आयोगको उपाध्यक्ष पदलाई महत्वपूर्ण मानिएको छ ।


के भनिएको छ सूचनामा ? 

‘सिफारिस समितिले पर्याप्त दरखास्त प्राप्त हुन नआएको र प्राप्त दरखास्तहरुमध्येबाट पनि राष्ट्रिय चिकित्सा शिक्षा ऐन, ०७५ को दफा २४ को उपदफा (१) बमोजिमका उपाध्यक्षका लागि तोकिएका सबै योग्यता पूरुा गरेको पुष्टि हुने प्रमाणहरु व स्वयंम घोषणा संलग्न गरेको नदेखिएको र दफा २५ बमोजिम उपाध्यक्ष पदमा नियुक्त हुन अयोग्य नरहेको पुष्टि हुने प्रमाण वा स्वयंम घोषणाहरु संलग्न भएको नदेखिएकाले उल्लेखित सूचना बमोजिम दरखास्त पेश गर्ने सबै ६ जना उम्मेदवारहरुको दरखास्त सिफारिस समितिको छनोट सम्बन्धी कार्यविधी २०७६, को दफा ७ बमोजिम रद्ध गरी पुनः दरखास्त आव्हान गर्ने निर्णय भएको हुँदा देहायको योग्यता पूरा गरेका नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र –मितिः २०७६ ४ १५) गते कार्यलय समयसम्म) चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष भएपछि आयोगको नेतृत्व गर्ने र नेतृत्वदायी भूमिका बहन गर्ने सम्बन्धी सोचपत्र र ४ वर्षे ब्यवसायिक कार्ययोजनासहित देहायका कागजात समेत संलग्न गरी सिलबन्दी दरखास्त सिफारिस समितिको सचिवालय, शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय, प्राविधिक शिक्षा शाखा, सिंहदरबारमा पेश गर्न पुनः आव्हान गरिएको छ,’ नयाँ दरखास्त सम्बन्धी उपाध्यक्ष सिफारिस समितिले जारी भनेको छ ।

के के हुनुपर्नेछ योग्यता ?
१) चिकित्साशास्त्रको कुनै पनि विद्यामा कम्तिमा स्नातकोत्तर गरेर २० वर्षको अनुभव भएको वा चिकित्सा शिक्षाको क्षेत्रमा १० वर्षको अनुभवसहित स्वास्थ्य सेवाका क्षेत्रमा १० वर्षको अनुभव भएको ।

२) शिक्षण संस्थाको बहालवाला वा अवकासप्राप्त उपकुलपति, प्राध्यापक वा विशिष्ट श्रेणीको चिकित्सक वा चिकित्सा शिक्षा विज्ञको रुपमा ख्याति प्राप्त गरेको ।

३) सम्वद्ध क्षेत्रमा उत्कृष्ट ब्यवस्थापकीय सीप, कौशल प्रदर्शन गरेको ।

४) चिकित्सा शिक्षा सम्बन्धी शिक्षण संस्थाको सञ्चालक समितिमा रहेको वा लगानीकर्ता वा सेयरहोल्डर वा संस्थापक ब्यक्ति नभएको ।

५) कुनै राजनीति दलको सदस्य नरहेको ।

६) उच्च नैतिक चरित्र कायम गरेको ।

७) दामासाही नपरेको ।

८) भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मावन बेचबिखन, लागु औषध विक्री वितरण वा ओसार पसार, राहदानी दुरुपयोग, जबरजस्ती करणी वा नैतिक पतन देखिने अन्य कुने फौजदारी कसुरमा अदालतबाट कसुरदार नठहरिएको ।

९) कालोसूचीमा नपरेको वा परेको भए त्यस्तो सूचीबाट फुकुवा भएको तीन वर्ष हुनुपर्ने ।

१०) दरखास्त दिने अन्तिम दिनसम्म ४५ वर्ष उमेर पूरा भै ६५ वर्ष ननाघेको ।

यी हुन् यसअघि उपाध्यक्षमा दरखास्त दिने ६ अनुहार

यस्ता छन् चिकित्सा शिक्षा आयोग उपाध्यक्षका ६ आकांक्षी

 


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ