२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकम्मर दुख्नेलाई डा. बज्राचार्यको सल्लाह

कम्मर दुख्नेलाई डा. बज्राचार्यको सल्लाह


धेरै मानिस ढाड दुखेर हैरान हुन्छन् । तर, के कारणले दुखेको हो भन्ने कमैलाई मात्र थाहाँ हुन्छ । विशेषगरी असामान्य अवस्थामा, चोटपटक लागेको अवस्थामा, कम्मरमा विभिन्न रोग र कम्मरबाहिरका अन्य रोगले गर्दा पनि कम्मरको दुखाइ हुन्छ ।

कम्मरको रोग

ढाडको हड्डीमा कुनै किटाणुले संक्रमण गरेमा पनि कम्मर दुख्छ । त्यस्तो अवस्थामा ज्वरो आउने, जिउ सिथिल हुने जस्ता लक्षण हुन्छन् । हाम्रो देशमा विशेष गरी हड्डीमा क्षयरोगका किटाणुले संक्रमण गरेर यो समस्या देखिने गरेको छ ।

त्यसैगरी, रजस्वला बन्द भएपछि अधबैँसे महिलामा पनि ढाड दुख्ने समस्या देखिन्छ । त्यस्तै, ढल्कदो उमेरमा शरीरभित्र हुने हर्मोनको परिवर्तन, पोषणमा कमी र शारीरिक गतीविधिले पनि ढाडको समस्या हुन्छ । यी कुराले हाडको क्याल्सियम र कडापना दिने पदार्थ गुम्न गई दुखाइ बढ्छ । ढाडको हाड दायाँ या बायाँ बांगो भयो भने पनि कसैकसैलाई कम्मर दुख्ने गर्दछ । विशेष गरी किशोर अवस्थामा केटीमा यो समस्या देखिने गरेको छ ।

कम्मरको हाडको पछाडिको भाग छुट्टिएको अवस्थामा पनि ढाडको दुखाइ हुन सक्छ । प्रायःगरी खेलाडीमा, गह्रो भारी उठाउनेमा यो समस्या हुन सक्छ । यो कारणले ढाडमा मात्र नभएर खुट्टासम्म दुखाइ हुन सक्छ ।

हाडभित्रको ढुंग्रो साँगुरियो भने त्यहाँ रहने नसालाई ठाउँ सानो हुन्छ, त्यस अवस्थामा कम्मर दुख्ने, साथै खुट्टा पनि दुख्छ । ५० वर्ष नाघेका मानिसमा यस्तो समस्या देखिन सक्छ । समतल ठाउँमा हिँड्दा दुख्ने, खुट्टा झमझमाउने गर्छ भने आराम गर्दा केहीछिनमा आफैँ ठीक हुन्छ र पुनः हिँड्दा दुख्न थाल्छ ।

ट्युमर भएको अवस्थामा पनि कम्मरको दुखाइ हुन्छ । यस्तो समस्या १० हजारमा १ जनालाई हुन्छ भनिन्छ । ट्युमर दुई किसिमका हुन्छन्, हानि गर्ने र नगर्ने । हानि गर्ने चाँडो बढ्छ र दुखाउँछ, यसबाट उत्पन्न हुने कम्मरको दुखाइ लगातार भइरहन्छ । यसको उपचार शल्यक्रिया मात्र हो ।

उमेर ढल्कँदै जाँदा कम्मरको हाडको जोर्नी र डिक्स बीचको प्रयोगले बाथका रूपमा देखिन्छ र दुखाउन थाल्छ । तर, यस्तो दुखाइ सबैलाई नहुन पनि सक्छ । विशेष गरी बिहान उठ्नसाथ र पछि बिस्तारै चाल बढ्दै जाँदा आफैँ ठीक हुन्छ ।

ढाडको प्रज्वलन भएर बिस्तारै ढाड नै एकढिक्का भएर कुप्रो पर्न जाने हुन्छ । विशेषगरी २० देखि ३० वर्षका युवामा यसको समस्या हुन सक्छ । यसको दुखाइ कम्मरको तल्लो भाग, नितम्ब र तिघ्राको पछाडिसम्म पनि फैलिने हुन्छ । विशेषगरी बिहानीपख बढी दुख्छ ।

बाथका कारणले पनि ढाड दुखाइ हुन्छ । शरीरको आन्तरिक गडबडीले यसलाई प्रभाव पार्छ । कसैकसैलाई ३० वर्षको उमेर पछि डिक्समा पानीको भाग घट्छ र लचिलो हुन्छ । ४० वर्ष पछि क्याल्सीयम पनि थपिन जान्छ र डिक्स नै हाड बन्न सक्छ । यस्तो हुदा कसैलाइृ दुख्छ भने कसैलाई केही पनि हुदैन ।

कहिलेकाही अगाडी निहुरीएको अवस्थामा एकापटी बढी निहुरीदा अकास्मत झड्का पर्यो वा धेरै वजन उठायो भने डिक्स कुचिन गई उछिटिन्छ र दुख्छ । तर कसैकसैलाई विस्तारै अलिअलि गर्दै डिक्स उछिटिन्छ । यस्तो चाही प्राय हुने धपेडी, भारी उचाल्दा खेरी स–साना चोटहरु थुप्रीएर यस्तो हुन सक्छ । यस्तो हुदा सुरुमा कम्मर ज्यादै दुख्छ पछि खोक्दा, हाच्छ्यु गर्दा वा दिसामा कन्दा दुखाइ खुट्टा सम्म पनि सर्न थाल्छ ।

असामान्य अवस्था

असामान्य अवस्था भन्नाले कहिलेकाहीँ हाम्रो पेट बढेमा कम्मर अगाडि लच्कन्छ । यो लच्काइले कम्मर क्षमताभन्दा बढी तन्कन जान्छ र दुख्न थाल्छ । भुँडी बढ्नुका कारण मोटाएर, बोसो जमेर वा गर्भास्थामा, भुँडीमा पानी जमेर वा ट्युमर पलाएर पनि हुन सक्छ । यसको कारण पत्तालगाएर उपचार गर्नु राम्रो हुन्छ ।

कम्मरको चोटपटक कम्मरमा चोटपटक लाग्दा सामान्य रेसा तन्केको वा मासु फाटेको दुवै हुन सक्छ । यी दुवै अवस्थालाई कम्मर मर्केको पनि भनिन्छ । तर, चोट धेरै लागेको छ भने हाड भाँचिएको पनि हुन सक्छ । या थिचिने वा खुस्कने समेत हुन्छ । यी सबै कारणले सामान्यदेखि धेरै दुखाइ हुन सक्छ । त्यस्तै, कम्मरको हाड भाँचिएको कारणले पनि कम्मर दुख्छ । यदि यसको कारण चोट नै हो भने चिकित्सकसँग सल्लाह लिई आराम गर्ने, धधऔषधि खाने, पेटीको प्रयोग गर्ने वा शल्यक्रियासमेत गर्नुपर्ने हुन सक्छ ।

कम्मरको बाहिरको रोग

ठूलो आन्द्रा, प्यान्क्रियाज तथा अन्य ग्रन्थीमा हुने रोग, मिर्गौला मुत्रथैलीका रोगले पनि कम्मर दुखाउाछ । तर, यस्तो हुादा ढाड दुख्नुको साथै संक्रमित अंग पनि दुख्छ त्यसका साथै पिसाब पोल्ने दुख्ने, रङ गाढा हुने, गन्हाउने आदि पनि हुन्छ । पुरुष मुत्रग्रन्थीका रोग र महिलामा महिनावारीमा पनि कम्मर दुखाइ हुन्छ । डिम्ब, नली, पाठेघर आदि स्त्रीलिंगीहरूको रोगका कारण पनि हुन्छ । त्यसैगरी जााघका रोगहरू, रक्तनलीमा रगत प्रभावहमा हुने अवरोध र खुट्टाको लामो–छोटोपनाले पनि कम्मर दुखाइ हुन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य, सर्ने/नसर्ने रोग, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ