२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेशनल मेडिकल कलेजमा पठनपाठन नियमित, चितवनमा अझै सुल्झिएन

नेशनल मेडिकल कलेजमा पठनपाठन नियमित, चितवनमा अझै सुल्झिएन


काठमाडौं–नेशनल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र कलेजसंचालक बीच सहमती भएपछि नियमीत पठनपाठन सुरु भएको छ । एमबीबीएस १८ व्याचका विद्यार्थीहरु सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै आन्दोलनमा थिए ।

तर, विद्यार्थी र प्रशासन बीच शुल्क समायोजन गर्ने सहमती भएसँगै अहिले नियमित पठनपाठन भएको छ । पहिलो वर्षका करिब १ सय विद्यार्थीले विरोध गरेका थिए । आन्दोलनका क्रममा प्रशासनले विद्यार्थीलाई बन्दक समेत बनाएको थियो । तर, शिक्षा मन्त्रालयको पटक पटकको निर्देशन पछि प्रशासन विद्यार्थीको शुल्क समायोजन गर्न तयार भएको थियो । कलेजका आन्दोलनरत मध्येका एक धनबहादुर तामाङले समायोजनका काम भइरहेको बताए ।

पहिलो वर्षका विद्यार्थीको मात्रै समस्या भएकाले उनिहरुसंग बढी लिएको रकम दोस्रो वर्षमा समायोजन भएको छ । अहिले कुनै समस्या छैन उनले भने, हामी नियमीत पठन पाठनको काममा लागेका छौं । तर, बाहिरी तत्वले फेरी समस्या छ भनेर प्रोपोगाण्डा मच्चाउन खोजिरहेको छ । तामाङले आन्दोलनका बेला परिक्षा छुटेकाहरुको पुन परिक्षा गराउने व्यवस्थाको भने माग गरे । त्यस्तै गण्डकी मेडिकल कलेज र युनिभर्सल मेडिकल कलेजको पनि समस्या हल भएको छ । ती कलेजहरुमा पनि पठन पाठन नियमीत भएको छ ।

पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुसंग बढी लिएको रकम दोस्रो र तेस्रो वर्षमा समायोजन भएको छ । तर, तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीसंग लिएको बढी रकम चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्णय पछि मात्रै टुङ्गीने छ ।

यता चितवन मेडिकल कलेजमा भने आन्दोलन जारी छ । सबै मेडिकल कलेजका विद्यार्थीले सरकार र संचालक बीचको सहमतीलाई माने पनि चितवन मेडिकल कलेजका विद्यार्थी मान्न तयार छैनन । कलेजका संचालक हरिस न्यौपाने विद्यार्थी सहमतीमा आउँनै नचाहेको बताउँछन् । सबैलाई एउटै निर्णय लागु हुने हाम्रोमा नहुने भन्ने पनि हुन्छ उनि भन्छन् ।

पाँच पटक कलेज प्रशासनले विद्यार्थीलाई आन्तरिक परिक्षामा सहभागी हुन आग्रह गरेको थियो । तर, विद्यार्थीहरु गएनन । विद्यार्थी सहभागी नभएपछि सहभागी हुनेको नम्बर मात्रै विश्वविद्यालयमा पठाएको छ । आन्तरिक परिक्षा पास नहुदा सम्म बोर्ड परिक्षामा सहभागी हुन पाइदैन । चितवन मेडिकल कलेजका विद्यार्थीहरुले आझै आन्दोलन जारी रहेको बताएका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ