२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा जटिल रोगको उपचारको अभाव

कर्णालीमा जटिल रोगको उपचारको अभाव


कर्णालीका विकट जिल्लाका सर्वसाधारण अशिक्षा, गरिबी र सरसफाइको कमीले विभिन्न रोगको सिकार बन्ने गरेका छन् । प्रत्येक वर्ष यहाँ कूल जनसंख्याको करिब ५० प्रतिशत जनसंख्या विभिन्न रोगले ग्रसित हुने गरेको पाइएको छ।

कर्णालीका ग्रामीण बस्तीका बासिन्दा झाडापखालाले मात्र होइन रुघाखोकी, टाइफाइट, अमलियपन, श्वासप्रश्वासलगायतका रोग र यसका साथै जटिल किसिमका रोगले समेत बर्सेनी ग्रसित हुने गरेका छन् । कर्णालीका स्वास्थ्य संस्थामा पर्याप्त पूर्वाधार नहुँदा कतिपय रोगका लागि अन्य प्रदेश जानुपर्ने कर्णालीवासीको बाध्यता छ ।

क्यान्सर, मृगौला प्रत्यारोपन, ठाउँको, मुटु जस्ता रोग यहाँ उपचार नहुने प्रदेश अस्पतालका सुपरिटेन्डेन डाक्टर डम्बर खड्काले बताए । यहाँ उपचार नहुँदा यहाँका बासिन्दा नेपालगन्ज, काठमाडौं, चितवन लगायतका जिल्ला धाउनु पर्ने बाध्यता छ ।

प्रदेशमा जटिल खालका रोगको उपचार नहुँदा धेरै पैसा खर्च हुने गरेको सर्वसाधारणको भनाइ छ । ‘बिरामी अवस्थामा लामो र झन्झटिलो यात्रागर्नुपर्छ,’ दैलेख दुल्लुकी सिर्जना आचार्यले भनिन्, ‘यही प्रदेशमा भएको भए कम शुल्क र सजिलो हुन्थ्यो ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ