२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतको चौकुनेमा १५ शैय्याको अस्पताल शिलान्यास

सुर्खेतको चौकुनेमा १५ शैय्याको अस्पताल शिलान्यास


वीरेन्द्रनगर – पश्चिम सर्खेतको चौकुनेमा १५ शैय्याको अस्पताल शिलान्यास गरिएको छ । स्वाथ्यको दुष्टिकोणले निकै पछाडी परेको चौकुने गाउँपालिका ४ विजौरा सुर्खेतमा शनिबार स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री नवराज रावतले अस्पतालको शिलान्यास गरेका हुन् ।

उनले नागरिकको स्वास्थ्य ठिक नभएसम्म देशको स्वास्थ्य ठिक नहुने भएकाले सबै स्थानिय तहमा भुगोल र जनसंख्यालाई आधार मानेर अस्पताल निर्माण गरिने बताए । सरकाले ‘एक तह एक चिकित्सक’ अनिवार्य गर्ने निर्णय गरेको छ ।

उनले भने, ‘यसको लागि चौकुनेका जनता ढुक्क रहनुहोस् । यतिबेला कोरोनाको कहरले विश्व आतकिंत छ । यो विषम परिस्थितिमा नेपाल सरकार जनता निरोगी बनाउन प्रयासरत छ । नागरिक स्वस्थ्य भए भने मात्र देश स्वस्थ हुन्छ । नागरिक असल भए देश असल हुन्छ । यहि उद्देश्यका साथ नेपाल सरकाले ७५३ वटै स्थानिय तहमा अस्पतालको अवधारणा बनाएको छ ।’

यसको सुरुवात सरकाले गरिसकेकोले विचौरामा पनि विशेषज्ञ, डाक्टरसहितको स्वाथ्य सेवा उपलब्ध गराइने मन्त्री रावतको भनाइ छ । शिलान्याससँगै बहुवर्षीय टेण्डरका आधारमा १५ शैय्याको अस्पतालको निर्माण कार्य सुरुभएको छ ।

१८ करोडमा निर्माण कार्य सम्पन्न हुने यस अस्पताल संचालनमा आएपछि यहाँका नागरिकलाई आधारभुत स्वास्थ्य सेवाका लागि बाहिर जानु पर्ने बाध्यता अन्त्य हुनेछ ।

भेरीकर्णाली अस्पतालको नाममा अबको दुईवर्षभित्र संचालनमा ल्याउने छ । शुक्रबारमात्र सुर्खेतको लाटिकोइली र बराहतालमा १५-१५ शैय्याको अस्पतालको शिलान्यास गरिएको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ