२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेश“जंकफूड’ले बालबालिकालाई कुपोषित बनायो’

“जंकफूड’ले बालबालिकालाई कुपोषित बनायो’


सुर्खेत – स्थानीय रुपमा परिचित खाद्यान्नलाई जंकफूडको प्रयोगले विस्थापित गर्न थालेको विज्ञहरुले बताएका छन् । बहुक्षेत्रीय पोषण योजना–२, बहु सहभागितामूलक योजना तर्जुमा तथा कार्यान्वयन परियोजनाद्वारा आयोजना गरिएको गोष्ठीको सहजिकण गर्दै डा. विकास लामिछानेले कर्णालीमा जंकफूडको प्रयोगका कारण बालबालिकामा कुपोषणको समस्या बढाएको बताए ।

प्रदेशमा पर्याप्त पौष्टिकतत्वले भरिपूर्ण खाद्यान्न छन् । ती खाद्यान्नको प्रयोग गर्न नजान्दा कुपोषण बढ्दैग एको उनको भनाइ छ । उनले भने, ‘हामीले छोराछोरीलाई चाउचाउ विस्कुटजस्ता जंकफुड दिने गरेका छौं । अब यसका बारेमा जनस्तरमा जनचेतना जगाउन आवश्यक छ ।’

उनले बासी खाना खाने, खानामा आवश्यक तत्वलाई नमिलाएरै एकै खालको खाना खाने गर्नाले कुपोषणमा वृद्धि भइरहेको बताए । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हाल पुडकोपना हुनेको संख्या ४७.८ प्रतिशत रहेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयकी वरिष्ठ नर्सिङ अधिकृत मानकुमारी गुरुङ्गका अनुसार कर्णालीमा १७.६ प्रतिशतमा ख्याउटेपना देखिएको, ३७.४ प्रतिशत बालबालिकामा कम तौल भएको र ४८ प्रतिशत सुत्केरी आमा तथा बच्चामा रक्तअल्पता देखिने गरेको तथ्यांक मन्त्रालयसँग रहेको जानकारी दिइन ।

यसैबीच, स्याफ्रन नेपाल नामक संस्थाले लकडाउनको समयमा क्वारेन्टाइनमा बसेका नागरिकलाई विभिन्न बस्तु उपलब्ध गराएको बताएको छ ।सुर्खेतको बराहताल र चिंगाड गाउँपालिकाका विभिन्न स्थानमा पाँच हजार सात सय दश प्याकेट सर्वोत्तम पिठो, दुइ हजार ८१५ प्याकेट मिक्स गेडागुडी, १६ हजार भन्दा बढी मास्क, ४८ वटा पौष्टिकता सम्बन्धि व्यानर, लेफलिट ४ हजार १५० पिस उपलब्ध गराएका बताइएको छ । यसका अलावा पौष्टिक आहारबारेमा नागरिकलाई जनचेतना जगाउने काम गरेको स्याफ्रन नेपाल संस्थाका शैलेन्द्र बिष्टले जनाएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ