२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशगाउँमै आखाँको उपचार पाउँदा स्थानीय दङ्ग 

गाउँमै आखाँको उपचार पाउँदा स्थानीय दङ्ग 


जुुम्ला – गाउँमै आखाँको उपचार पाएपछि जुम्लाका सर्वसाधारण दङ्ग भएका छन । जिल्लाको सिँजा गाउँपालिकाको नराकोटमा आखाँ उपचार केन्द्रको स्थापना भएपछि सर्वसाधारणले आखाँको उपचार सेवा पाउने भएका हुन ।

सर्वसाधारणलाई आखाँको रोगको उपचार गर्न सहज भएको छ । गाउँमा धुलो र धुवा हुने भएकोले आँखाका बिरामीको संख्या बढ्दो छ ।गाउँपालिका र नेपाल नेत्रज्योति संघको समन्वयमा पहिलो पटक जुम्लाको सिँजा गाउँपालिकामा आखाँ उपचार केन्द्र स्थापना भएको हो । यसअघि जुम्ला सदरमुकाम खलंगामा मात्रै थियो ।

गाउँबाट सदरमुकाम सम्म आउँदा आखाँका बिरामीलाई सास्ती हुने गरेको थियो । गाउँपालिका अध्यक्ष देवलसिंह रावल आखाँको उपचार गाउँमै हुन थालेपछि आखाँको बिरामीलाई निकै सहज भएको बताउँछन । उनले भने,‘गाउँमा धुलो धुवा हुदाँ आखाँका रोगी निकै बढि छन । पहिले सदरमुकाम खलंगामै पुगेर उपचार गर्नु परिरहेको हुन्थ्यो । अब गाउँमै आखाँको उपचार हुने भयो । ’

सामान्य आखाँमा समस्या आउँदा सदरमुकाम खलंगामा महँगो यातायात भाडा तिरेर बास बसेर उपचार गराउनु परिरहेको हुन्थ्यो,अध्यक्ष रावल भन्छन,‘अब गाउँमै आखाँ जाँच गराउनेछन । औषधि पनि गाउँमा नै पाउनेछन ।’ आखाँका रोगी पहिचान गरेर गाउँपालिकामै विशेषज्ञ बोलाउन सकिने उनी बताउँछन ।

आँखा उपचार केन्द्रमा काम गर्ने कर्मचारी र भवनको व्यवस्थापन गाउँपालिका गाउँपालिकाले गरेको छ । केन्द्रमा उपकरणको  व्यवस्थापन नेपाल नेत्र ज्योति संघले गरेको हो । अहिले आखाँ उपचार केन्द्र सञ्चालनका लागि स्थानीय सरकारले आखाँ उपचार संग सम्बन्धित कर्मचारी राखेको छ । यो आखाँ उपचार केन्द्रले जुम्ला प्रदेश क्षेत्र (ख) का सर्वसाधारणलाई सेवा दिनेछ ।

अहिलेको संरचना अनुसार सिँजा क्षेत्रमा तिला,हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिका पर्छन । सिँजा गाउँपालिकाका प्रवक्ता नविन शर्मा भन्छन,‘अब उपचार गर्न क्षेत्र (क) मा जानु पर्दैन । क्षेत्र (ख) मै व्यवस्था भइसकेको छ । सदरमुकाम खलंगामा पुगेर आखाँको महँगो उपचार गराउनु पर्दैन । ’

नजिककै आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि यहाँका जेष्ठ नागरिक तथा आँखा सम्वन्धी विरामी भएका व्यक्तिले नजिकै उपचार पाउने भएका छन् । विशेष गरी यो आँखा उपचार केन्द्रमा हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका नागरिकलाई सहज हुने भएको छ ।

पहिले नेपाल नेत्र ज्योति संघले गाउँमा बर्षमा एक दुइ पटक शिविर राखेर मात्र आखाँको उपचार तथा अप्रेशन गर्ने गरेको थियो । अब आखाँको रोगीको प्रकृतिको आधारमा विशेषज्ञ गाउँमै बोलाएर आखाँको अप्रेशन हुनेछ । प्रवक्ता शर्माले भने,‘आखाँका रोगीले रुपैयाँ नभएर रोग लुकाएर गाउँमै थन्किनु पर्ने अवस्था छैन । पछिल्लो समयमा जुम्लामा धुवा, धुलोका कारण आखाँको रोगीको संख्याँमा ह्वात्तै वृद्धि भइराखेको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ