२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतमा १६ हजार जेष्ठ नागरिकले लगाए कोरोना खोप

सुर्खेतमा १६ हजार जेष्ठ नागरिकले लगाए कोरोना खोप


सुर्खेत —सुर्खेतमा ६५ वर्ष माथिका १६ हजार भन्दा बढी नागरिकले कोभिड विरुद्धको खोप लगाएका छन् । यहि फागुन २३ देखि सुरु भएको कोभिड विरुद्धको दोस्रो चरणकोे खोप अभियानमा सुर्खेतका १६ हजार ७०५ जना जेष्ठ नागरिकले कोराना विरुद्धको खोप लगाएका हुन ।

यस चरणको खोप अभियानमा २४ हजार ९७४ जना जेष्ठ नागरिकलाई खोप लगाउने भनिएको थियो । तर लक्ष्य अनुसार खोप लगाउन नसकेपनि यसलाई सन्तोषजनक मान्न सकिने जिल्ला जनस्वाथ्य सेवा कार्यालयका प्रमुख बरिष्ठ जनस्वाथ्य अधिकृत चेतननिधि वाग्लेले जनाए ।

सुर्खेतमा दोस्रो प्राथमिकताको खोप अभियानमा २५६ बढी स्वास्थ्यकर्मी, चार वटा चिकित्सक समेतका टोली, ६ सय बढी स्वयम्सेवक खटाईएको थियो ।

यसका साथैै जिल्लाका करिब ६० भन्दा बढी खोप केन्द्रबाट खोप लगाइएको जनस्वास्थ्य प्रमुख वाग्लेले जानकारी दिए । खोप अभियान फागुन एक गते सम्म संचालन भएको थियो।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ