२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा एक लाख बढीले लगाए कोरोना विरुद्धको खोप

कर्णालीमा एक लाख बढीले लगाए कोरोना विरुद्धको खोप


सुर्खेत – कर्णाली प्रदेशमा एक लाख बढीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा एक लाख चार हजार ७२ जनाले खोप लगाएका हुन् ।

सरकारले गएको माघ १४ गतेदेखि पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान सुरू गरेको थियो । दोस्रो चरणको खोप अभियान गएको फागुन २३ गतेदेखि यही चैत ३ गतेसम्म सञ्चालन भएको हो ।

दुवै चरणमा लगाइएको खोप अभियानमा प्रदेशभर दोस्रो चरणमा मात्रै ७७ हजार ८२ जनाले खोप लगाएका छन् । निर्देशनालयका सूचना अधिकारी विनोद नारायण चौधरीले दोस्रो चरणको प्राथमिकतामा परेका ७६ प्रतिशतले खोप लगाएका बताए ।

पहिलो चरणमा २६ हजार नौ सय ९० जनालाई खोप दिइएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, अस्पतालमा कार्यरत कर्मचारी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि, र पत्रकारलगायतलाई खोप लगाइएको हो ।

दोस्रो चरणमा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप लगाइएको हो । प्रदेशमा दोस्रो चरणमा मात्र एक लाख एक हजार २७ जनालाई खोप लगाउने लक्ष्य लिइएको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ