२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा मोतिबिन्दुका बिरामी बढे, दैनिक ४० जनासम्मको शल्यक्रिया

कर्णालीमा मोतिबिन्दुका बिरामी बढे, दैनिक ४० जनासम्मको शल्यक्रिया


सुर्खेत – कर्णाली प्रदेशमा मोतिबिन्दुको समस्याले जटिल रुप लिँदै गएको छ । पछिल्लो समय ग्रामीण भेगका अधिकांश मानिसमा चेतनाको अभाव र हेलचेक्इँयाइका कारण मोतिबिन्दुको समस्या जटिल बन्दै गएको आँखा अस्पताल सुर्खेतले जनाएको हो ।

लकडाउनपछि आँखा अस्पताल सुर्खेतमा उपचारका लागि आउने विरामीको संख्या ह्वातै बढेको सुर्खेत आँखा अस्पताल प्रमुख डा. शक्तिप्रसाद सुवेदीले बताए । उनका अनुसार कर्णालीका अधिकांश मानिसले आर्थिक अभावका कारण समयमै आँखाको उपचार गर्ननसक्दा विरामीको संख्या बढेकोे हो ।

कर्णालीसँगै सुदूरपश्चिम प्रदेशबाट उपचार गर्न आउने विरामीमध्ये अधिकांश विरामीमा मोतियाबिन्दुको समस्या देखिएको छ । आँखा जाँच र शल्यक्रिया सेवा दिईरहेको यस अस्पतालले गाउँ–गाउँमा जनचेतनामूलक कार्यक्रम तथा शिविर समेत गर्दै आएको थियो । तर कोरोना माहामारीका कारण पछिल्लो समय यस्ता कार्यक्रम ठप्प छन् ।

अस्पताल व्यवस्थापक धनबहादुर थापाले भने, ‘आँखा अस्पतालमा हाल दैनिक २ सय बढी बिरामी सेवा लिन आउँछन् । जसमध्ये ३० देखि ४० जनाको शल्यक्रिया हुन्छ । १५ शैयाको यस अस्पतालमा विरामीको चाप बढेपछि उपचारमा समेत कठिनाई भएको छ ।’

उनका अनुसार अस्पताल स्तोरोउन्नतीसँगै जनशक्ति तथा उपकरण व्यवस्थापनमा पहल भइरहेको छ । सुर्खेतमा आँखा अस्पताल सञ्चालनमा आएपछि आँखाको सामान्य उपचारका लागि नेपालगन्ज, काठमाडौं र भारत धाउन बाध्य कर्णालीवासीलाई सहज भएको छ । तर मोतियाविन्दु समस्याका विरामी बढेपछि अस्पताल उपचार सेवा प्रभावकारी बनाउने रणनीतिमा छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ