२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा मनाइयो विश्व स्वास्थ्य दिवस

कर्णालीमा मनाइयो विश्व स्वास्थ्य दिवस


सुर्खेत – कर्णालीमा विश्व स्वास्थ्य दिवसका अवसरमा बिरामलाई फलफुल वितरण गरिएको छ । बुधबार स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले कर्णाली प्रदेश अस्पतालमा भर्ना भएका बिरामीलाई फलफुल वितरण गरिएको हो ।

हरेक वर्ष अप्रिल ७ का दिन मनाइने यो दिवसको अवसरमा यो वर्ष ‘स्वास्थ्य विश्वका लागि : समतामुलक स्वाथ्य सेवा’ भन्ने नारा तय गरिएको छ । फलफुल वितरण पछि अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भए पनि अझै कर्णालीमा सवैको पहुँचमा पुग्न नसकेको बताइएको छ ।

‘कर्णालीका कतिपय स्थानमा राम्रो स्वास्थ्य सेवा प्रदान गरिएको भएपनि कतिपय ठाउँमा विभेद कारणले राम्रो सेवा प्रदान गर्न सकिएको छैन,’ निर्देशनालयका निमित्त निर्देशक डा रविन खड्काले भने, ‘तर प्रदेशका सबै स्थानमा स्वास्थ्य सेवालाई सर्वसुलभ र पहुँचयोग्य बनाउन पहल भइरहेको छ ।’

कर्णालीमा कुषोषण, बालविबाह, मातृ तथा शिशु मृत्युदरमा पहिलेभन्दा केहि सुधार भएको तथ्याकले देखाए पनि अझै धेरै सुधार गर्नु पर्ने डा. खड्काको भनाई छ । सरकारले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने बताए पनि अझै ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्था र औषधीकै अभाव हुने गरेको छ ।

‘संविधानमा स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा राखिएको छ । यसलाई सम्बोधन गर्न स्वास्थ्य बिमा कार्यक्रम समेत लागु भएता पनि यो कार्यक्रम प्रभावकारी हुन सकेको गुनासो पनि उत्तिकै आउने गरेको छ, ‘ निर्देशक डा खड्काले भने।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ