२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशलेकबेसी बहुक्षेत्रीय पोषण सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

लेकबेसी बहुक्षेत्रीय पोषण सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न


सुर्खेत – लेकबेसी नगरपालिकामा बहुक्षेत्रीय पोषण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जन प्रतिनिधि, विषयगत शाखा प्रमुखहरु र वडा सचिवहरुका लागि उक्त अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश योजना आयोग सदस्य श्री योगेन्द्र शाहीले बहुक्षेत्रीय पोषण कार्यक्रमको महत्वका बारेमा प्रष्ट्याउदै यसका लागी स्थानिय तहबाट समेत पैरवी हुनुपर्ने बताए।

साथै कम्तीमा कुल बजेटको १५% रकम बहुक्षेत्रीय पोषणका लागी छुट्याउनुपर्ने कुरामा समेत उनले जोड दिए । नगर प्रमुख गगन सिंह सुनारको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुनौला १००० दिन कार्यक्रम मार्फत गर्भवती लाई उपहार समेत हस्तान्तरण गरिएको थियो ।

एक सातामा भएका स्वास्थ्य गतिविधी अन्तगत लेकवेशी नगरपालिकामा बहुक्षेत्रीय पोषण सम्बन्धि अभिमुखीकरण कार्यक्रमको दोश्रो सत्र समाप्त भई तेश्रो सत्र सुरु भएको छ । दोश्रो सत्रको समापन तथा उदघाटन कार्यक्रममा नगरप्रमुख गगन सिंह सुनारले स्वास्थ्यकर्मी हरुले आफुले सिकेका सीपहरुलाई ब्यवहारिक बनाउन जरुरी भएको बताए ।

साथै उप-प्रमुख शान्तीकुमारी छन्तेलले पनि स्वास्थ्य सेवा अत्यन्तै संवेदनशिल क्षेत्रभएकोले स्वास्थ्यकर्मीको क्षमता र सीप तथा ब्यवहारिक प्रयोगमा जोड दिनुपर्ने धारणा राखिन । साथै स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुका ( विधायन समिति, सामाजिक विकास समिति)स्वास्थ्य तथा सरसफाई नीति र ऐन निर्माण सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार स्वास्थ्यका लागी सबल प्रणाली परियोजनाका तर्फबाट केशर अवस्तीले स्वास्थ्य संवद्ध ऐन बनाउने प्रक्रियाका र सम्भावित त्रुटिका बारेमा कर्मचारी र जनप्रतिनिधिहरुलाई सचेत गराउनुका साथै सो कार्यका लागि आवश्यक एकिकृत कागजातहरु समेत उपलब्ध गराए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ