२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतमा स्वास्थ्य सुरक्षा मापदण्डको अनुगमन

सुर्खेतमा स्वास्थ्य सुरक्षा मापदण्डको अनुगमन


सुर्खेत – सुर्खेतमा दोस्रो चरणको कोरोना सक्रमणको जोखिम बढेपछि जिल्ला कोभिड—१९ सक्रमण व्यवस्थापन केन्द्रले मंगलवार गठन गरेको अनुगमन समितिले आफ्नो सक्रियता बढाएको छ । बुधबार दिउँसो केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टसहितको अनुगमन टोलीले स्वास्थ्य सुरक्षा मापदण्डको अनुगमन थालेको छ ।

वीरेन्द्रनगर बजारका प्रत्येक पसल पुगी विक्रेता तथा ग्राहक, पैदल यात्रु, मोटरसाइकलमा सवारी यात्रुलाई मास्क लगाउन अनुगमन टोलीले निर्देशन दिएको छ । अनुगमनका क्रममा धेरैजसोले मास्क लगाएको पाइए पनि केहीले नलगाएको, पकेटमा राखेको पाइएको अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

उनकाअनुसार केहीले मास्क प्रयोगमा बेवास्ता गरेको हुँदा अनिवार्यरुपमा मास्क लगाउन निर्देशन दिइएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले केन्द्रको निर्णय अनुसार स्वास्थ्य मापदण्ड पालना गरे नगरेको यसरी नै अनुगमन गरिने बताए । उनले मास्क अनिवार्य प्रयोग गर्दा कोरोनाको जोखिम कम हुने भएकोले मास्क लगाउन आग्रह गर्दै स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न सम्पूर्ण निकायसंग आग्रह गरेका छन् ।

यसैगरी, टोलीले सुर्खेतस्थित ठूला होटलका स्वीमिङ पुलको समेत अनुगमन गरेको छ । शुभ होटल, ट्रकोमा रिर्सोट र सिद्धार्थ होटलको स्वीमिङ पुल अनुगमन गरिएको हो । ती होटलहरुले सोमवारदेखि नै स्वीमिङ पुलहरु बन्द गरिसकेको जानकारी दिएका बताइएको छ ।

यसका साथै प्रदेश अस्पताल सुर्खेमा संचालन गरिएको कोरोनाको दोस्रो डोजको खोप लगाउने कार्यको पनि अनुगमन गरिएको छ । प्रदेश अस्पतालमा मंगलवार ६४५ जनाले कोरोनाको दोस्रो डोजको खोप लगाएको र बुधवार पनि खोप लगाउनेको संख्या त्यतिकै पुग्ने जनाइएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ