२०७८ असार ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदेउती अस्पतालले पत्रकारहरुलाई उपचार शुल्कमा १० हजार बराबर छुट दिने

देउती अस्पतालले पत्रकारहरुलाई उपचार शुल्कमा १० हजार बराबर छुट दिने


सुर्खेत –  सुर्खेतस्थित देउती अस्पताल प्रालिले सुर्खेतमा कार्यरत पत्रकारहरुलाई उपचार शुल्कमा १० हजार बराबरको छुट दिने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको समन्वयमा देउती अस्पतालले आइतवार उपचार शुल्कमा १० हजार बराबरको उपचार खर्चमा छुट दिने घोषणा गरेको हो ।

अस्पतालका प्रवन्ध निर्देशक डा. लोकेन्द्र थापाले पत्रकारहरु पनि समाजमा हरेक घटनामा अग्रपंक्तिमा खटिने भएकोले महासंघ सुर्खेत शाखाको समन्वयमा सुर्खेतका पत्रकारहरुलाई उपचार सेवामा १० हजार बराबरको छुट दिइने बताए । उनले पत्रकारहरुसँग देउती अस्पताल सहकार्य गरेर जान चाहेकोले यो घोषणा गरेको उल्लेख गरे ।

केही दिनभित्र महासंघ र अस्पतालवीच सो सम्वन्धमा लिखित सहमति गरिनेछ । प्रवन्ध निर्देशक डा. थापाले प्रदेशमै पहिलो पटक ३२ स्लाइसको सिटी स्क्यान सेवा संचालन गरिएको, गुणस्तरीय ल्याव सेवा समेत संचालन गरिएको जनाए । साथै आईसियु र भेन्टिलेर सेवा पनि केही दिनमै संचालन गरिने उनको भनाइ छ ।

देउती अस्पताल प्रालिका डा. शुभ श्रेष्ठले देउती अस्पतालले कर्णाली प्रदेशमै नयाँ सेवासुविधाहरु थप गरेर उपचार थालिएको दावी गरे । उनले भाँच्चिएको हिप जोडेर प्रदेशमै पहिलो पटक नयाँ काम गरेको उल्लेख गरे । साथै अस्पतालले बाहिरबाट दक्ष चिकित्सक ल्याएर सुपर विशेषज्ञ सेवा पनि संचालन गरिएको जानकारी दिए । उनले अस्पतालबाटै सेवा दिएर यहाँका बिरामी बाहिर जान नदिन आफूहरु प्रयासरत रहेको बताए ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले देउती अस्पतालले महासंघसँग सहकार्य गरेर पत्रकारहरुलाई उपचार शुल्कमा १० हजारसम्म छुट दिने घोषणा गरेकोमा धन्यवाद दिए । उनले आगामी दिनमा पनि महासंघ सहकार्य गरेर जान तयार रहेको बताउँदै यसबाट जिल्लाका पत्रकारहरुको स्वास्थ्य सेवामा आर्थिक व्ययभारमा केही राहत महसुस गर्ने बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)