२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली सरकारले कोरोना रोकथामका लागि छुट्यायो १ अर्ब बजेट

कर्णाली सरकारले कोरोना रोकथामका लागि छुट्यायो १ अर्ब बजेट


सुर्खेत – कर्णाली प्रदेश सरकारले कोरोना रोकथामका लागि १ अर्ब बजेट छुट्याएको छ । विकास खर्च रकमान्तर गरेर कोरोना रोकथामका लागि १ अर्ब बजेट छुट्याएको हो ।

सो बजेट कोरोना महामारी रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यमा खर्च गरिनेछ ।

कर्णाली प्रदेश सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी सार्वजनिक गरिएको हो । कर्णाली सरकारका प्रवक्ता मन्त्री विमला केसीका अनुसार १ अर्बमध्ये कर्णाली सरकारले तत्काल ५० करोड रकम विकास खर्चबाट रकमान्तर गरेर कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको छ ।

प्रदेश सरकारले कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि तत्काल प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड रुपैयाँ दिएको छ । यस्तै चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पतालहरु र रणनैतिक अस्पताललाई १२ करोड रुपैयाँ बजेट निकासा गरी पठाएको मन्त्री केसीले बताइन ।

कर्णालीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश भित्रिने मुख्य ४ वटा नाकाहरुमा समेत थप कडाई गरिएको छ । नाकामा स्वास्थ्यकर्मीसहित एन्टिजेन परीक्षण र स्क्रिनिङको व्यवस्था मिलाएको प्रदेश सरकारले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ