२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेशमा १ सय १२ स्वास्थ्यकर्मी नियुक्त

कर्णाली प्रदेशमा १ सय १२ स्वास्थ्यकर्मी नियुक्त


सुर्खेत – कर्णाली प्रदेशमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरु नियुक्त गरिएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले शुक्रबार १ सय १२ जना स्वास्थ्यकर्मीहरु नियुक्त गरेको हो।

जसमध्ये स्टाफ नर्स ७६ जना, ल्याब टेक्निसियन १२ जना, हेल्थ असिस्टेन्ट १० जना, रेडियोग्राफर ६ जना, फार्मेसी सहायक ६ जना र कविराज दुई जना नियुक्त भएका छन् । करार सेवामा नियुक्त भएका सबैलाई ५ दिनभित्र तोकिएको कार्यक्षेत्रमा पुग्न निर्देशन दिइएको छ ।

कर्णालीमा कोरोना संक्रमण दिनप्रतिदिन फैलिदै जाँदा स्वास्थ्यकर्मीहरुको अभाव भएपछि करारमा स्वास्थ्यकर्मीहरु नियुक्त गरिएको स्वाथ्य सेवा निर्देशनालयले जनाएको छ । हाल पाँचौँ तहका स्वास्थ्यकर्मीमात्रै नियुक्त गरिएको स्वाथ्य सेवा निर्देशनालका वरिष्ठ स्वाथ्य शिक्षा अधिकृत नोद नारायण चौधरीले जानकारी दिए ।

नियुक्त भएका सबै स्वास्थ्यकर्मीलाई कोरोना नियन्त्रणमा खटाइने छ । नवनियुक्त स्वास्थ्यकर्मीहरुलाई जिल्लामा संक्रमणको अवस्था, अस्पतालमा संक्रमितको चाप र मागका आधारमा दशवटै जिल्लामा खटाइएको छ। अधिकांश ठाउँमा स्वास्थ्यकर्मीको दरबन्दी रिक्त भएकाले कोरोना नियन्त्रण गर्न पनि समस्या भएपछि गुणस्तरीय सेवा दिन स्वास्थ्यकर्मी नियुक्त गरिएको उनको भनाई छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ