२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजिल्ला अस्पताल हुम्लामा जडान गरिँदै अक्सिजन कन्सन्ट्रेटर

जिल्ला अस्पताल हुम्लामा जडान गरिँदै अक्सिजन कन्सन्ट्रेटर


जुम्ला – कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाको सीमकोट गाउँपालिकास्थित स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोनाबाट संक्रमित बिरामीको उपचारलाई ध्यानमा राखी ८ वटा नयाँ अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ । जिल्लामा दैनिक संक्रमित बढिरहेका बेला कार्यालयले अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको हो ।

दुर्गममा कोभिड-१९ संक्रमितको उपचारका लागि बढी उपयोगी देखिएपछि अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर ल्याइएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

यसअघि जिल्ला अस्पतालमा ३ वटा अक्सिजन कन्सन्ट्रेटर थिए । अब अस्पतालले केही जटिल अवस्थाका कोभिड–१९ बिरामी देखिए पनि जिल्लामै उपचार गर्न सकिने जिल्ला अस्पतालका चिकित्सक डा. टासीआङ्जु लामाले जानकारी दिए । उनले भने, ‘अस्पतालमा १२ जनासम्म कोभिड-१९का  बिरामीलाई एकसाथ उपचार गर्न सक्ने क्षमता छ ।’

७ गाउँपालिका रहेको हुम्लामा सदरमुकाम सीमकोट गाउँपालिकासहित ६ पालिकामा कोरोरा संक्रमण तीव्र गतिमा फैलिएको छ ।कोभिड-१९ संक्रमणको ग्रीन जोन रहेको हुम्ला नेपालगञ्ज र सुर्खेतबाट गत १९ वैशाखमा भित्रिएका ८ यात्रुमा संक्रमण देखिएपछि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । हुम्लामा हालसम्म १४३ जनामा संक्रमण पुष्टि भएको छ भने सक्रिय संक्रमितको संख्या ९४ छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ