२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेशको नीति तथा कार्यक्रमः कोभिड–१९ महामारी रोकथाममा केन्द्रीत

कर्णाली प्रदेशको नीति तथा कार्यक्रमः कोभिड–१९ महामारी रोकथाममा केन्द्रीत


सुर्खेत–कोभिड–१९ महामारीलाई केन्द्रित गरी कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम ल्याएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सदनमा प्रदेश प्रमुख कलौनीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कोभिड–१९ महामारी रोकथाममा केन्द्रीत छ । नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा र उत्पादनमूलक स्वरोजगारका कार्यक्रमलाई प्राथमिकता दिएको हो ।

नीति तथा कार्यक्रममा स्वास्थ्य सेवालाई सर्वसुलभ तथा गुणस्तरीय बनाउँदै सबै जिल्लामा अक्सिजन प्लान्टसहितको सरुवा रोग अस्पताल निर्माण तथा सञ्चालन गर्ने उल्लेख छ । यस्तै, कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्ने उल्लेख छ । साथै सबै जिल्ला अस्पतालबाट विशेषज्ञ सेवा प्रवाह गर्न आवश्यक व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा छ ।

गत वर्षकै अधिकांश कार्यक्रमलाई निरन्तरता दिने गरी ल्याइएको नीति तथा कार्यक्रममा कृषि, खानेपानी, सिचाइ तथा अन्य पूर्वाधार निर्माणका नयाँ कार्यक्रम पनि उल्लेख छन् । प्रदेश सरकारले आगामी १ असारमा बजेट ल्याउने भएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ