२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमौसमी प्रभावले उद्धार नहुँदा हुम्लामा संक्रमितको मृत्यु

मौसमी प्रभावले उद्धार नहुँदा हुम्लामा संक्रमितको मृत्यु


जुम्ला–मौसमी प्रभावले समयमा हेलिकप्टर आउन नसक्दा हुम्लामा एक जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । चंखेली गाउँपालिका–३ मेखला गाउँका ५२ वर्षीय हइत रोकायाको मंगलबार थप उपचारका लागि हेलिकप्टर कुर्दाकुर्दै मृत्यु भएको हो ।

कोभिड–१९ संक्रमित भएर तीन दिनदेखि इलाका स्वास्थ्य कार्यालय मिमिमा उपचार गराइरहेका रोकायाको अक्सिजन लेभल ६० मा झरी श्वास फेर्न गाह्रो भएको थियो ।

त्यसपछि उनको तत्काल उद्धारको लागि जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको पहलमा हेलिकप्टरको बन्दोबस्त गरिएको भएपनि लगातार वर्षातले काठमाडौंबाट हेलिकप्टर आउन नसक्दा रोकायाको निधनको भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

कोभिड–१९ संक्रमणको कारण हिमाली जिल्ला हुम्लामा रोकायासहित दुई जनाको मृत्यु भएको छ । यसअघि कोभिड–१९ संक्रमित सर्केगाड गाउँपालिका– २ को रिप गाउँका ५५ वर्षीय टोप्ले कामीको थप उपचारका लागि जिल्ला अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

हुम्लाका स्थानीय तहमा अक्सिजन अभाव हुँदा स्वास्थ्य चौकीमा अक्सिजन दिने अवस्था नभएका कारण २ जनाको ज्यान गएको छ । मौसम खराब नभएर समयमै हेलिकप्टर आउन सकेको भए रोकायालाई बचाउन सकिने प्रमुख सिंहले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ