२०८३ असोज २२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रजिष्ट्रारमा नृपेन्द्र महत नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रजिष्ट्रारमा नृपेन्द्र महत नियुक्त


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रजिष्ट्रारमा चन्दननाथ नगरपालिका—७ महतगाउँ जुम्लाका नृपेन्द्र महत नियुक्त भएका छन् ।

३ असारमा प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको सिफारिसमा  तत्कालीन प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले महतलाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।

१६ जेठमा निवर्तमान रजिष्ट्रार विश्वराज काफ्लेको चार वर्षे पदावधि सकिएपछि उक्त पद खाली भएको थियो । स्वास्थ्य मन्त्रालयबाट बुधबार रजिष्ट्रारको नियुक्ति बुझेको महतले जानकारी दिए ।

नवनियुक्त रजिष्ट्रार महतले व्यवस्थापन र राजनीतिकशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले प्रतिष्ठानको ऐन, नियमावली र कार्यविधिले तोकेको परिधिभित्र रहेर प्रतिष्ठानको व्यवस्थापकीय क्षेत्रमा आफूले पूर्णरुपले जिम्मेवारी निर्वाह गर्ने बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ