२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाको पातारासी गाउँपालिकाले एक जनालाई छात्रवृत्तिमा एमबीबीएस पढाउने

जुम्लाको पातारासी गाउँपालिकाले एक जनालाई छात्रवृत्तिमा एमबीबीएस पढाउने


जुम्ला—जुम्लाको पातारासी गाउँपालिकाले एक जना विद्यार्थीलाई छात्रवृत्तिमा एमबीबीएस पढाउने भएको छ । गाउँपालिकाले सातौं गाउँ सभामा एमबीबीएस छात्रवृत्तिमा पढाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

बिहीबार ‘शिक्षा, स्वास्थ्य, विद्युत, सञ्चार र रोजगार हाम्रो सरोकार र कृषि, जडिबुटी, पर्यटन समृद्ध पालिका निर्माणको मूल आधार’ भन्ने मुल नारासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

पातारासी गाउँपालिका स्वास्थ्य संयोजक रतन बुढ्थापाकाअनुसार गाउँपालिकामा एमबीबीएस पढेका एक जना व्यक्ति पनि छैनन् । उनले भने, ‘पहिलो र दोस्रो कोभिड–१९ महामारीले निकै प्रभावित भएको यस गाउँपालिकामा मेडिकल अधिकृतको अभाव निकै समस्या भयो । एमबीबीएस छात्रवृत्तिमा भएपनि पढाउनुपर्छ भन्ने गाउँपालिकालाई कोभिड महामारीले नै पाठ सिकाएको हो ।’

गाउँपालिकाले एमबीबीएस पढ्ने एक जनाको सम्पूर्ण खर्च ब्यवस्था गर्ने नीति ल्याएको छ । पातारासीमा अहिलेसम्म एमबीबीएस अध्ययन गरेको कोही नभएकाले प्रोत्साहन गर्नका लागि यस्तो नीति लिएको प्रमुख प्रशासनिक अधिकृत टेकबहादुर बुढथापाले बताए ।

सातौं गाउँ सभाबाट पातारासी गाउँपालिकाले ४१ करोड १२ लाख ६६ हजार ३ सय ४४ रुपैयाँको बजेट बिनियोजन गरेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ