२०८३ असोज २२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ घरमै सुत्केरी गराउँदा डोल्पामा २४ वर्षीया महिलाको मृत्यु

घरमै सुत्केरी गराउँदा डोल्पामा २४ वर्षीया महिलाको मृत्यु


जुम्ला–कर्णाली प्रदेशको माथिल्लो कर्णाली डोल्पा जिल्लाको ठूली भेरी नगरपालिका–६ दुरगाउँमा एक सुत्केरीको मृत्यु भएको छ । शनिबार बिहान घरमै सुत्केरी भएकी २४ वर्षीया आतमाया विकको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो ।

आतमायाको छोरालाई जन्म दिने बित्तिकै मृत्यु भएको स्थानीय लक्ष्मीचन्द्र कार्कीले जानकारी दिए । बच्चा स्वास्थ्य अवस्था भने राम्रो रहेको उनले बताए ।

जिल्ला अस्पताल भएको सदरमुकाम दुनै बजारबाट पैदल पाँच घण्टा दूरीमा दुरगाउँ छ । अघिल्लो वर्ष पनि यही ठाउँमा एक सुत्केरीको मृत्यु भएको थियो ।

यहाँका अधिकांश गर्भवतीहरु गर्भजाँच गराउन नपाएको गुनासो छ । सडक सञ्चालन पनि नभएकोले प्रायजसो घरमै स्थानीय महिला सुत्केरी हुने गरेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ