२०८० मंसीर १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा निषेधाज्ञा थप सात दिन लम्बियो

जुम्लामा निषेधाज्ञा थप सात दिन लम्बियो


जुम्ला—जुम्लामा पुनः साताव्यापी निषेधाज्ञा थप गरिएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा कमी नआएपछि सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले पुनः सात दिन निषेधाज्ञा थप गरेको हो ।

यसअघि लागू गरिएको निषेधाज्ञा १४ असार राति १२ बजेबाट लागु भएको थियो । थप निषेधाज्ञा पुनः २१ असार राति १२ बजेसम्म निषेधाज्ञा जारी रहनेछ ।

सबै प्रकारका सभा सम्मेलन, तालिम, सेमिनार, गोष्ठी तथा मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न गराउन, अत्यावश्यक कामबाहेक बाहिर हिडडुल भिडभाड गर्न, शैक्षिक संस्था खोल्नजस्ता कार्य निषेधाज्ञामा गर्न नपाइने जारी सूचनामा उल्लेख छ ।

त्यस्तै निषेधाज्ञामा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर औषधी पसल, तरकारी तथा खाद्य पसललगायत दैनिक उपभोग्य बस्तु बिक्री वितरण गर्नका लागि विहान ६ बजेदेखि दिउँसो २ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।

जिल्लाभित्र सञ्चालन हुने निजी तथा सार्वजनिक यातायात जोर–विजोर प्रणाली अवलम्बन गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने, सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर सञ्चलन गर्न पाइने, स्वास्थ्य सुरक्षा अनिवार्य पाताना गर्नुपर्ने र तोकिएको भाडादर भन्दा बढी लिएको पाइएमा कानुनी कारवाही गरिने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

जुम्लामा कोभिड–१९ संक्रमितको संख्या ७ सय ९६ पुगेको छ । ६३१ ज्ना संक्रमित संक्रमणमुक्त भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २६ जना उपचाररत रहेको जिल्ला प्रशाासन कार्यालय जुम्लाले जनाएको छ । बैशाख यता जुम्लामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ