२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड–१९ संक्रमित बढेपछि जुम्लाको देपाल गाउँ सिल

कोभिड–१९ संक्रमित बढेपछि जुम्लाको देपाल गाउँ सिल


जुम्ला—जुम्लाको सदरमुकाम खलंगादेखि पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका—५ देपाल गाउँ सिल गरिएको छ । कोभिड-१९ संक्रमित बढेपछि गाउँ सिल गरिएको हो ।

कोभिड–१९ को अवस्था पहिचान एवं रोकथाम तथा नियन्त्रण गर्ने क्रममा गुठीचौर गाउँपालिका–५ देपाल गाउँमा अधिक मात्रामा संक्रमण देखिएको हुँदा कन्ट्रयाक टे«सिङ नहुन्जेलसम्म जिल्ला सुरक्षा समितिको १४ असारको निर्णयअनुसार सिल गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

बिना काम घर बाहिर ननिस्कने, अनिवार्य माक्सको प्रयोग गर्ने, सावुन पानी, स्यानिटाइजरले हात सफा गर्नुका साथै न्यूनतम् दुई मिटरको भौतिक दूरी कायम गर्ने जारी आदेशमा उल्लेख गरिएको छ ।

सिल भएका वडाबाट अर्काे वडामा आवत–जावत नगर्न भनिएको छ । आदेश उल्लघन गर्ने जोकोही व्यक्तिलाई कोभिड–१९ संक्रमण व्यवस्था आदेश, २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही गर्ने आदेशमा उल्लेख गरिएको छ ।

गुठीचौर गाउँपालिका भित्रका तीन जना व्यक्तिको कोभिड–१९ संक्रमणका कारण मृत्यु भइसकेको छ । दुई जना पुरुष र एक जना महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यस्तै, एक जना व्यक्तिको कोभिड–१९ संक्रमण रिपोर्ट नेगेटिभ (पोष्ट कोभिड) भएपछि मृत्यु भएको हो । यो तथ्यांक भने प्रशासनले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छैन ।

यो गाउँपालिकामा कोभिड–१९ संक्रमतिको संख्या १०६ जना पुगेको छ । अहिले सक्रिय संक्रमति ३३ जना संस्थागत आइसोलेसनमा, २ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा र ४ जना होम आइसोलेसनमा रहेको सह–संयोजक मनोरमा शाहले बताइन् । ६७ जना संक्रमणमुक्त भएका छन् ।

जुम्लामा कोभिड–१९ संक्रमितको संख्या ७ सय ९६ पुगेको छ । ६३१ ज्ना संक्रमित संक्रमणमुक्त भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २६ जना उपचाररत रहेको जिल्ला प्रशाासन कार्यालय जुम्लाले जनाएको छ । बैशाख यता जुम्लामा कोभिड–१९ संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ