२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा जटिल प्रकृतिका कोभिड संक्रमित बढे

कर्णालीमा जटिल प्रकृतिका कोभिड संक्रमित बढे


सुर्खेत – कर्णाली प्रदेशमा फेरी कोभिड-१९ संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो चरण जटिल प्रकृतिका कोभिड-१९ संक्रमित बढ्न थालेका हुन् ।

निषेधाज्ञा हटाइएसँगै कोभिड-१९ संक्रमितको दर निरन्तर उकालो लागेको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पछिल्लो समय जटिल प्रकृतिका संक्रमितहरु बढ्न थालेको अस्पतालका प्रवक्ता विकास केसीले जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेशका कोभिड विशेष अस्पतालमा असार दोस्रो सातायता जटिल प्रकृतिका संक्रमित बिरामी बढेका हुन् । निषेधाज्ञा अवधिमा दैनिक ४/५ जना जटिल प्रकृतिका बिरामी आउने अस्पतालमा हाल दैनिक १० देखि १२ जनासम्म जटिल प्रकृतिका बिरामी भर्ना हुने गरेको उनले जानकारी दिए ।

तर, कोभिड-१९ दोस्रो लहर नसकिदै निषेधाज्ञा खुलेपछि नागरिकले पनि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न छाडेका छन् । वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरेको कोभिड विशेष अस्पतालमा पनि जटिल प्रकृतिका बिरामी बढेको अस्पतालकी इन्चार्ज डा. अर्चना कार्कीले बताइन् ।

अन्य प्रदेशको तुलनामा पछिल्लो समय कर्णाली प्रदेशमा दोस्रो लहर उत्कर्षमा पुगेपछि संक्रमितको दर ३० हजार नाघेको छ । भने, पछिल्लो तथ्यांक अनुसार ३४३ जनाको मृत्यु भइसकेको छ ।

कोभिड-१९ परिक्षण गरिएका नमूनामध्ये करिब ९० प्रतिशतमा संक्रमण पृष्टि हुँदै आएको छ । कर्णालीमा अझै जटिलस्थिति आउन सक्ने भन्दै समयमै सबैलाई सजग रहन कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक रविन खड्काको सुझाव छ । सम्भावित जोखिम न्यूनिकरणका लागि प्रत्येक स्थानीय तहमार्फत गाउँगाउँमा एन्टिजेन परीक्षणको व्यवस्था मिलाएको उनले जानकारी दिए ।

जटिल प्रकृतिका संक्रमित बढेपछि कर्णाली प्रदेश अस्पतालको कोभिड विशेष अस्पताललाई भेन्टिलेटर जडानसहितको १०० बेड बनाउन चिकित्सकले सुझाव दिएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश
ट्याग : #covid cases increase in karnali, #कोभिड संक्रमित बढे, #जटिल प्रकृति, #संक्रमितको दर निरन्तर उकालो


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ