२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड-१९को तेस्रो लहरको तयारीमा जुटेका छौं : मन्त्री बुढा

कोभिड-१९को तेस्रो लहरको तयारीमा जुटेका छौं : मन्त्री बुढा


सुर्खेत – कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञ बहादुर बुढा क्षेत्रीले कोभिड महामारीको पहिलो र दोस्रो लहर पार गरिसकेपछि तेस्रो लहरको तयारीमा प्रदेश सरकार जुटेको बताएका छन् ।

आइतबार संवाद समुह सुर्खेतले कर्णालीमा कोरोनाको अवस्था र तयारीका विषयमा गरेको अन्तरक्रियामा मन्त्री बुढा क्षेत्रीले यस्तो बताएका हुन् ।

उनले नागरिकको स्वास्थ्यप्रति प्रदेश सरकार गम्भीर रहेको भन्दै कोरोनाको पहिलो र दोस्रो लहर पार गरेर तेस्रो लहरको आवश्यक तयारीमा प्रदेश सरकार लागि परेको बताए । कोभिड महामारीको दुवै चरण पार गरिसकेपछि तेस्रो लहरको आवश्यक तयारी जनशक्ति, उपकरणको व्यवस्थापनमा प्रदेश सरकार निरन्तर लागिरहेको उनको भनाई छ ।

‘नागरिकको स्वास्थ्यप्रति प्रदेश सरकार गम्भीर छ, त्यसैले पनि अहिलेको अवस्थामा पहिलो प्राथमिकता स्वास्थ्य राखेका छौं,’ मन्त्री बुढा क्षेत्रीले भने । यसको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीका विभिन्न स्थानीय तहहरुसँग समेत सहकार्य गरेको मन्त्री बुढाको भनाई छ ।

सामाजिक विकास मन्त्रालयले चौधरी फाउण्डेशनसँगको सहकार्यमा वीरेन्द्रनगर नगर अस्पताल र युएनडिपीको सहकार्यमा मेहेलकुना अस्पतामा अक्सिजन प्लान्टको स्थापनाको कामअन्तिम चरणमा परेको समेत जानकारी दिए ।

मन्त्री बुढा क्षेत्रीले कर्णालीका हरेक नागरिकलाई कोभिड खोपको व्यवस्थापन गर्ने बताउँदै औषधी र जनशक्तिको अभावमा नागरिकले सेवाबाट बञ्चित नहुने भन्दै प्रदेशका विभिन्न नाकाहरुमा हेल्प डेक्ससहित आवश्यक जनशक्तिको व्यवस्थापन गरिसकेको बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश
ट्याग : #तेस्रो लहरको तयारी, #यज्ञ बहादुर बुढा क्षेत्री, #सामाजिक विकास मन्त्री


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ