२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड–१९ संक्रमणबाट बच्न मास्क नै अचुक उपाय : डा. खड्का

कोभिड–१९ संक्रमणबाट बच्न मास्क नै अचुक उपाय : डा. खड्का


वीरेन्द्रनगर—पछिल्लो समय कर्णाली प्रदेशमा कोभिड–१९ जोखिम बढ्दै गएको छ । निषेधाज्ञा खुकुलो भएसँगै अधिकांश नागरिकले मास्क प्रयोग गर्न छोडेका छन् । तर, मास्क प्रयोग नगर्दा भने ठूलो जोखिम बढेको चिकित्सकहरु बताउँछन् ।

मास्कको प्रयोग नगरेकै कारण संक्रमण तीव्र गतिमा फैलिएको हो । कोभिड–१९ संक्रमणबाट बच्न मास्कको प्रयोग नै अचुक उपाय भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्का बताउँछन् ।

हाल कर्णालीमा परिक्षणको दायरा कम भएपनि आउने पोजेटिभको संख्या भने बढ्दै गएको कर्णाली प्रदेश स्वाथ्य सेवा निर्देशनालयले जनाएको छ । मास्क प्रयोग नगरेर संक्रमणबाट बच्न नसकिने निर्देशक डा. खड्काको भनाइ छ ।

कोभिड–१९ संक्रमणबाट बच्नको निम्ति मास्क लगाएर मात्रै घरबाहिर निस्कन उनले सुझाव दिएका छन् । आर्थिक वर्षको क्लोजिङ तथा सुरुवात भएकाले चहलपहल बढेको र बजार पनि पूर्ण रुपमा बन्द नभएको कारण जोखिम अझै बढ्दो अवस्थामा रहेको उनको भनाइ छ ।
तसर्थ, कोभिड–१९ बाट बच्न स्वास्थ्य मापदण्डबाहेक अन्य विकल्प नरहेकाले सही तरिकाले मास्कको प्रयोग गर्न पर्नेमा डा. खड्काले जोड दिए । यसका साथै देशव्यापी रुपमा शनिबारबाट साताभर ‘नेपाल मास्क अभियान’ सुरु भएको छ । कर्णालीमा पनि संक्रमणको उच्चदर र कोभिडको सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै यो अभियान व्यापक रुपमा चलाइने भएको छ ।

जसले गर्दा सर्वसाधारणलई कोभिडको जोखिमबाट बच्न मास्कले ठूलो भूमिका खेल्ने बताइएको छ । सामाजिक दूरी कायम र मास्कको प्रयोग नगरी दुईजना १५ मिनेटसम्मसँगै बसेको खण्डमा अथवा बन्द कोठामा बसेको अबस्थामा कुनै एक व्यक्तिलाई कोभिड–१९ छ भने अर्को व्यक्तिलाई सर्ने सम्भावना ९५ प्रतिशतभन्दा बढी हुने निर्देशक डा. खड्काको भनाइ छ । उनले भने, ‘एक जनाले सहिरुपमा मास्क लगाएको छ र अर्कोले लगाएको छैन भने जोखिम केहि घट्छ । तर, दुवैले सही रुपमा मास्कको प्रयोग गरेका छन् । सामाजिक दुरी पनि कायम गरेको अबस्थामा कोभिड सर्ने सम्भावना एकदमै न्युन हन्छ ।’

त्यसकारण कोभिडबाट बच्न महत्वपूर्ण माध्यम मास्क नै हो । ‘मास्क म पनि लगाउँछु र सर्वसाधारणले पनि यो महामारीबाट आफू, आफ्ना बालबच्चा र परिवारलाई सुरक्षित राख्नको निम्ति साबुनपानीले छिनछिनमा मिचीमिची हात धुने, अति जरुरी नपरी घरबाहिर नजाने, यदि जानैपरे अनिवार्य मास्क लगाउने अनी अन्य ब्यक्तिसंग कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्नेजस्ता स्वास्थ्य सावधानी निरन्तर अपनाउन आग्रह गर्दछ,’ उनले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ