२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा मास्क बैंक स्थापना

जुम्लामा मास्क बैंक स्थापना


जुम्ला-जुम्ला सदरमुकाम खलंगामा मास्क बैंकको स्थापना भएको छ । नेपाल सरकारले सुरु गरेको नेपाल मास्क अभियानलाई थप प्रभावकारी बनाउन जुम्लामा मास्क बैंकको स्थापना गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले बजारमा मास्क नलगाएर आउने महिला, बालबालिका जेष्ठ नागरिकलाई मास्क दिएर मास्क बैंकको उद्घाटन गरेकी हुन् । मास्क वितरणकै क्रममा कोभिड–१९ संक्रमणबाट बच्न तथा धुलो धुवा र प्रदुषणबाट जोगिनका लागि पनि मास्क अनिवार्य लगाउनुपर्ने भन्दै सुझाइन् ।

त्यसका साथै गणपति रविन थापा, सशस्त्र बलका एसपी गगन श्रेष्ठ, नेपाल प्रहरीका डिएपी दानबहादुर थापाले स्थानीयलाई मास्क वितरण गरेका छन् । हुनेले दिएर जानुहोस र नहुनेले लिएर जानु भन्ने नाराका साथ जुम्ला बजारको केन्द्र बाल मन्दिर नजिक मास्क बैक स्थापना गरी शुरु गरिएको छ ।

जुम्लाको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिले स्थानीय प्रशासन, सुरक्षा निकाय र जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सहित सरोकारवालाहरुको समन्वयमा मास्क बैंक स्थापना गरिएको हो । कसैको मास्क नभएको समयमा मास्क दिदै मास्क लगाउने र मास्क भएकाले मास्क दिएर अरुलाई सघाउने हिसावले मास्क बैंक स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले जानकारी दिइन् । प्रजिअ प्रसाईका अनुसार अब बजारमा आउने सबैको मुखमा मास्क हुनुपर्छ ।

सबै सरकारी तथा गैरसरकारी कार्यालयमा पनि मास्क अनिवार्य गरिने छ । मास्क बैंकलाई निरन्तरता दिन तथा स्थानीयलाई राहत दिनका लागि मास्कदाताहरुलाई सहयोग गर्न समेत अपिल गरिएको छ ।

धेरैजसोले माक्स भएर पनि मास्क प्रयोग नगर्ने तर कोहीको मास्क किन्ने आर्थिक अवस्था समेत नभएको हुदा यो अभियान महत्वपूर्ण रहेको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र शाहीले बताए । उनले जिल्लाका सवै स्थानीय तह तथा बजार क्षेत्रमा मास्क बैंक गर्न आवश्यक रहेको बताए ।

मास्क वैंक भने सशस्त्र प्रहरीका निगरानीमा हुनेछ । सशस्त्र प्रहरीले मुख्य बजार क्षेत्रमा मास्क नभएकालाई ड्यूटिनै दिएर मास्क खुला स्थानमा मास्क बैंकको व्यवस्थापनमा खटिएको छ । सशस्त्र प्रहरी गणका गणपति गगन श्रेष्ठले मास्क बैंक स्थापानको पहिलो दिनमै मास्क दिने भन्दा लिने क्रम बढेको बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ