२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशगुराँस गाउपालिकाले ल्यायो एकैपटक दुईवटा अस्पताल सञ्चालनमा

गुराँस गाउपालिकाले ल्यायो एकैपटक दुईवटा अस्पताल सञ्चालनमा


सुर्खेत – दैलेखको गुराँस गाउपालिकाले एकैपटक दुईवटा अस्पताल सञ्चालनमा ल्याएको छ । स्थानीय तहको संरचनापछि यस गाउँपालिकामा अन्य विकासका गतिविधिसँगै स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य सुधार हुँदै आएको हो ।

हाल यहाँका हरेक नागरिक आधारभुत स्वास्थ्य सेवाको पहुँचमा पुगेका छन् । कर्णाली प्रदेशकै एक नमुनाका रुपमा परिचित यस गाउँपालिकाले दैलेखको रानिमत्तामा दुईवटा अस्पताल संचालनमा ल्याएको हो ।

गुराँस गाउपालिकाले यसअघि पनि कोभिडको समयमा दैलेख लगाएत कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिकहरुलाई जिल्लाको सिमा रहेको रानिमत्तामा स्वास्थ्य जाँच र व्यवस्थापन गर्ने गरेको थियो ।

साथै यस गाउपालिका पछिल्लो समयमा कोभिड १९ को डिजिटल प्रविधिबाट रेकर्डको सुरुवात देशकै एकमात्र गाउपालिकाको रुपमा स्थापित भएको छ ।

अहिले गाउपालिका केन्द्र रानिमत्तामा रहेको अस्पतालबाट विशेषज्ञ सहितको सेवा प्रदान गरिरहेको छ भने गतवर्ष असार २४ गते सिलान्यास गरिएको अर्को अस्पताल भवनको काम तीव्र गतिमा भइरहेको गाउपालिकाले जनाएको छ ।

विगतमा गुराँसको १, २ र ८ मा स्वास्थ्य सँस्था नभएको र स्थानियहरु समस्यामा भएको भन्दै यस अघि नै ती वडाहरुमा स्वास्थ्य सँस्था स्थापना गरेर सेवा प्रदान गरिरहेको गाउपालिका अध्यक्ष खेमराज वलिले जानकारी दिए ।

साथै गाउपालिकाले ४ नम्बर रतिखोलामा २२ करोडको लागतमा ठुलो अस्पताल निर्माणको कामलाई तिव्रताको साथ अघि बढाएको र यो वर्ष नै त्यहाँबाट अत्यावसकिय सेवा सहित सेवा प्रदान गर्न लागिएको अध्यक्ष वोलीले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ