२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश अस्पतालमा बिहान ९ बजेबाटै सेवा सुरु गरिने

कर्णाली प्रदेश अस्पतालमा बिहान ९ बजेबाटै सेवा सुरु गरिने


सुर्खेत – कर्णाली प्रदेश अस्पतालले सेवालाई प्रभावकारी बनाउन विहान ९ बजेदेखि साँझ ४ बजेसम्म सेवा प्रवाह सुरु गरेको छ । बिरामीहरुको बढ्दो भीडलाई मध्यनजर गर्दै अस्पतालले प्रभावकारी सेवाका लागि समय तय गरेको हो ।

सरकारी अस्पतालहरुमा ९ बजेखि सेवा सुरु लागु गर्ने पहिलो प्रदेश अस्पताल भएको बताइएको छ । यसअघि १० बजेबाट अस्पतालका ओपीडीतर्फका सेवा शुरु गरिएको थियो। सार्वजनिक विदाको दिन बाहेक अन्य समयमा दैनिक बिहान ९ बजेबाट साँझ ४ बजेसम्म सेवा दिन शुरु गरिएको अस्पतालका प्रवक्ता डा. विकास केसीले जानकारी दिए ।

समयावधि थपसँगै सेवाग्राहीहरुलाई छिटो र प्रभावकारी सेवा प्रदान गर्न अस्पताल परिवार गम्भीर रहेको डा. केसीले बताए । उनकाअनुसार ९ बजेबाट शुरुभएको सेवाहरुमा सर्जरी, डेण्टल, अर्थो, बालरोग, हाडजोर्नी, जनरल, सर्जरी लगायतका छन् । अस्पतालले दुइ महिनादेखी बन्द रहेको सिटी स्क्यान सेवा पनि शुरू गरेको प्रवक्ता केसीले जानकारी दिए ।

साइनिङ अस्पतालले गर्यो प्रदेश अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । बिहीबार साइनिङ अस्पताल (आइएनएफ) ले स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

यस महामारीमा आवश्यक पर्ने स्वास्थ्य सामग्री अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्का र प्रवक्ता डा. विकास केसीलाई हस्तान्तरण गरिएको छ ।

प्रदान गरिएको स्वास्थ्य सामग्रीहरुमा सर्जिकल मास्क २० हजार, आउटर गाउन एक सय, फेश शिल्ड दुई सय, फूल पीपीई सेट एक सय थान र पल्स अक्सिमिटर १० पिस रहेको फिस्टुला अस्पतालका प्रमुख कान्तप्रसाद सुवेदीले जानकारी दिए ।

उनकाअनुसार साइनिङ अस्पतालले यसअघि पनि प्रदेश अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ