२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपटमारा स्वास्थ्य चौकीलाई कोभिड प्रतिकार्य स्वास्थ्य सामाग्री

पटमारा स्वास्थ्य चौकीलाई कोभिड प्रतिकार्य स्वास्थ्य सामाग्री


जुम्ला—जुम्लाको दुर्गम भेग पातारासी गाउँपालिकाको पटमारा स्वास्थ्य चौकीलाई कोभिड—१९ प्रतिकार्य स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । कारितास जर्मनी, कारितास नेपाल र पेस नेपाल जुम्लाको सहयोगमा पटमारा स्वास्थ्य चौकीलाई कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

उक्त सामग्री जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहरालाई हस्तान्तरण गरेका हुन् ।

फोल्डिङ वेड २ वटा, फेससिट २५० वटा, सर्जिकल मास्क ६ हजार, एननाइटीफाइप मास्क १ सय पिस, गोलोप्स १ सय पिस, फुलपिपिई ५० पिस, स्यानिटाइजर ५ सय मिलिमिटरको ७५ वटा, एन्टीजेन किट १५०, ह्रयावी डिउटी गोलोप्स १ सय पिस स्वास्थ्य सामग्री उपलव्ध गरिएको हो ।

यस्तै भिटिएम किट १ सय, अक्सिमिटर १० वटालगायत २ लाख ६६ हजार ११५ रुपियाँ बराबरको १३ प्रकारका कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेले बताए । उनले भने, ‘प्रदान गरिएको सामग्री सहि सदुपयोग होस भन्ने अपेक्षा गरिएको छ ।’

जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख बुढाले पछिल्लो समय कोभिड संक्रमण नभएजस्तो नागरिक विना मास्क खुल्लम खुल्ला हिडिरहेका छन् । तर, दिनप्रतिदिन संक्रमणका कारण मान्छे मरिरहेका छन् । अझै सचेत हुनुपर्ने अवस्था रहेको उनले बताए ।

यसअघि पेस नेपाल जुम्लाले कोभिड माहामारी रोकथाम तथा नियन्त्रण गर्न प्लान इन्टरनेसनल नेपालको सहयोगमा ४० लाख ७९ हजार २३१ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री विभिन्न स्थानीय तहलाई वितरण गरेको थियो ।

कनकासुन्दरी गाउँपालिकामा ९ लाख २ हजार ३२९, सिंजामा ७ लाख १५ हजार १२२ र हिमामा ६ लाख ९४ हजार ३१८ रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको कोभिड अस्पतालमा १७ लाख ६७ हजार ६१ रुपैयाँ बराबरको कोभिड रोकथाम तथा नियन्त्रण स्वास्थ्य सामग्री वितरण गरिएको पेस नेपाल जुम्लाका संयोजक हेमराज भट्टले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताललाई १० लिटरको अक्सिजन कन्सन्ट्रेटर ४ पिस, ४० लिटरको अक्सिजन सिलिन्डर २० पिस, सर्जिकल मास्क २० हजार पिस, एन९५ मास्क ४५० पिस, ५ सय मिलिलिटरको ह्यान्ड स्यानिटाइजर ३५० बोतल, फेससिट ३५० पिस, पिपिई २०० पिस, ग्लोब्स १२००, हेभी ड्युटी ग्लोब्स १०० थान सहयोग गरिएको हो ।

यस्तै, हिमा गाउँपालिकालाई १० लिटरको अक्सिजन कन्सन्ट्रेटर १ पिस, ४० लिटरको अक्सिजन सिलिन्डर ५ पिस, अक्सिमिटर ३८ पिस, सर्जिकल मास्क २० हजार पिस, एन९५ मास्क ५० पिस, ५ सय मिलिलिटरको ह्यान्ड स्यानिटाइजर ३०० बोतल, फेससिट ३०० पिस, पिपिई १०० पिस, ग्लोब्स ६०० थान, हेभी ड्युटी ग्लोब्स ५० थान सहयोग गरिएको हो ।

त्यसैगरी सिंजा गाउँपालिकालाई १० लिटरको अक्सिजन कन्सन्ट्रेटर १ पिस, ४० लिटरको अक्सिजन सिलिन्डर ५ पिस, अक्सिमिटर ७४ पिस, सर्जिकल मास्क १५ हजार पिस, एन९५ मास्क ५० पिस, ५ सय मिलिलिटरको ह्यान्ड स्यानिटाइजर ३०० बोतल, फेससिट ३०० पिस, पिपिई १०० पिस, ग्लोब्स ६०० थान, हेभी ड्युटी ग्लोब्स ५० थान उपलब्ध गराइएको छ ।

कनकासुन्दरी गाउँपालिकालाई १० लिटरको अक्सिजन कन्सन्ट्रेटर १ पिस, ४० लिटरको अक्सिजन सिलिन्डर ५ पिस, अक्सिमिटर ८८ पिस, सर्जिकल मास्क २० हजार पिस, एन९५ मास्क १०० पिस, ५ सय मिलिलिटरको ह्यान्ड स्यानिटाइजर ३०० बोतल, फेससिट ३०० पिस, पिपिई १०० पिस, ग्लोब्स ६०० थान, हेभी ड्युटी ग्लोब्स ५० थान सहयोग गरिएको हो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ