२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपरीक्षा समितिको त्रुटिले प्रतिष्ठान बन्यो विवादित, प्रतिष्ठान भन्छ—प्राविधिक त्रुटि भयो

परीक्षा समितिको त्रुटिले प्रतिष्ठान बन्यो विवादित, प्रतिष्ठान भन्छ—प्राविधिक त्रुटि भयो


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले माग गरेको करार सेवाका नर्सिङ स्टाफ नर्सका विषयमा परीक्षा समितिले त्रुटि गरेपछि विवादित बन्यो । आवेदन सूचीमा नाम नभएका परीक्षार्थीको पहिलो सूचीमा नाम निकालिएको भन्दै चर्को आलोचना समेत भयो ।

गत ३० साउनमा गरिएको सार्वजनिक सूचनाअनुसार प्रतिष्ठानमा २५ जना नर्स करार सेवामा माग गरिएको थियो । जसमा जम्मा १६३ जनाले आवेदन दिएका थिए । त्यसबाट पनि प्रतिष्ठानले सार्वजनिक गरेको आवेदन सूचीमा सपना न्यौपाने नभएर सपना नेपाली भनेर नाम सूचीमा प्रकाशित भयो । यसरी लिखितमा नाम निकाल्न सफल परिक्षार्थीको नाम सूचीमा पनि उल्लेख छैन । प्रष्ठिानले २६ भदौैंमा गते शनिबार लिखित परीक्षा लिएको थियो ।

प्रतिष्ठानले यस पटक परीक्षा कोडिङ र डिकोडिङ प्रणालीबाट सञ्चालन गरेको थियो । प्रतिष्ठानले परीक्षा मर्यादित र चुस्तदुस्त बनाउनकै लागि कोडिङ प्रणाली लागु गरेको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले बताए । उनले भने, ‘कुनै पनि परिक्षार्थीलाई हामीले दिइएको परीक्षाको नतिजामा चित्त नबुझेको खण्डमा ४८ अण्टा भित्र रिचेकको लागि निवेदन दिने ब्यवस्था गरेको थियौं,’ उनले भने ।

रजिष्ट्रार महतकाअनुसार रिचेकका लागि ८ जना विद्यार्थी दिएको बताए । उनले ८ जनामध्ये एक जना सपना न्यौपाने रहेको बताए । उनले सपना न्यौपानेको परीक्षा पेपर रिचेक गर्दा उनको एक नम्बरमा नाम आउन सफल भएको बताए । उनले सदिक्षा रोकायाको र सपना न्यौपानेको चेकजाँच गर्दा डिकोडिङमा भुलबस त्रुटि भएको स्वीकारे । रजिष्ट्रार महतले सपना न्यौपाने राम्रो विद्यार्थी भएकाले उनलाई अन्याय नहोस भनेर नतिजा पुनः संसोधिन गरिएको हो । यसरी मौखिक परीक्षा २९ भदौंमा लिएर अन्तिम नामावलीमा उनको नाम पहिलो नम्बरमा समावेश भएको हो । त्यहाँ उनलाई एसएन ०५७ कोडिङ्ग दिइएको छ जुन कोडिङ्ग लिखित परीक्षामा सदिक्षा रोकायाको हो ।

आवेदकहरुको सूचीमा सपना न्यौपाने नाम नै छैन भने संसोधित नतिजामा उनले लिखितमा नाम निकालेको भन्दै उनलाई समावेस गरिएको छ । जहाँ उनलाई एसएन ०३९ कोडिङ दिइएको छ ।

रजिष्ट्रारले महतले परीक्षा समितिले कोडिङ र डिकोडिङमा नम्वरमा मानवीय त्रुटिका कारण यस्तो हुन पुगेको बताए । उनले भने, ‘कुनै पनि नियत नभएर परीक्षा समितिको प्राविधिक त्रुटि हो । तर, यस विषयमा सामाजिक सञ्जालमा चर्काे आलोचना भएको छ ।’

त्यस्तै, सदिक्षा रोकायाका बुवा दलसिंह रोकायाले यस अघि पनि सदिक्षा रोकायाले प्रष्तिठानको लिखित परीक्षामा तीन पटक नाम निकाल्दा मौखिकमा फलिएको बताए । उनले भने, ‘प्रतिष्ठानका पदाधिकारीको मिलोमतमा राजनीतिक भर्ति केन्द्र बनेको छ । हामी जस्ता पहुँच विहिनका छोराछोरीको पढाइले महत्व पाउदैन् । प्रतिष्ठान निष्पक्ष हुन्थ्यो भने लोकसेवा आयोगलाई परीक्षा लिने जिम्मेवारी दिन सक्थ्यो,’ उनले भने, ‘महिनामा ५०/५० हजारसम्म तलब खाने कर्माचारीको लागि लोकसेवा आयोगको प्रतिनिधिको उपस्थित बिना परीक्षा लिइन्छ ।यहाँ कुनै गरिब दुःखीका छोराछोरीले जागिर पाउदैनन् । पहुँचवालाको मात्रै भर्ति केन्द्र भएको छ ।’ प्रतिष्ठान विवादमा परेको यो पहिलो भने होइन । यसअघि पनि पटक—पटक विभिन्न कारणले चर्को आलोचना खेप्दै आएको छ ।

यता सपना न्यौपानेले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले माग गरेको करार सेवाका नर्सिङ स्टाफमा आवेदन दिएको बताइन् । ‘आवेदन सूचीमा मेरो नाम सपना नेपाली भएको थियो र एसएन ०३९ थियो,’ उनले भनिन्, ‘प्रवेशपत्रमा सपना न्यौपाने नै भएकाले परीक्षा दिएको हो ।’ उनले यो बिषयमा छलफल गर्दा आवेदन सूचीमा सपना नेपाली भएपनि फरक नपर्ने त्यहाँको परीक्षा समितिले भनेपछि परीक्षा दिइएको बताइन् ।

उनले आफूले परीक्षा दिदा राम्रो गरेको भएपनि रिजल्टमा आफ्नो नाम नआउँदा आश्चर्यमा परेको बताइन् । ‘परीक्षाको नतिजामा चित्त नबुझेको खण्डमा ४८ अण्टा भित्र रिचेकको लागि निवेदन दिने प्रतिष्ठानले ब्यवस्था गरेको थाहा पाए । मैले आफ्नो अधिकार पयोग गरेर परीक्षा पेपर रिचेकको लागि निवेदन दिए,’ उनले भनिन्, ‘परीक्षा समितिको बैठक बसेर रिचेक गर्ने बताएको थियो । मेरो निवेदनपछि पुनः प्रतिष्ठानले संशोधित प्रकाशित सुचनामा मेरो नाम छ ।’

न्यौपानेले आफ्नो बाग्मती प्रदेशमा पनि अन्तरवार्ता भएकाले छिटो पुग्नुपर्ने भएकाले सबैभन्दा पहिले मौखिक परीक्षा दिएको बताइन् । ‘यसमा मेरो कुनै कमजोरी छैन । सत्यतथ्य नबुझेर समाजिक सञ्जालमा आवेदन सूचीमा नाम नदिएकी परिक्षार्थीको नाम निकालेको भन्ने विरोध छ,’ उनले भनिन्, ‘मेरो नामको थर फरक परेको हो । आवेदन दिएकी हुँ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ